टाेखालाइभ डट कम/जेष्ठ २४ २०७९
काठमाडौं । टाेखा नगरपालिका वडा ४ मा अवस्थित इडन ब्रिज एकेडेमीको आयोजनामा टाेखा ४ का नवनिर्वाचित जनप्रतिनिधिहरु बधाई , सफल कार्यकालको शुभकामना तथा , सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । एकेडेमीको प्राङ्गणमा भएको बधाई तथा सम्मान कार्यक्रममा टाेखा नगरपालिका वडा ४ का नवनिर्वाचित जनप्रतिनिधिहरु वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,वडासदस्य, तारा बहादुर थापा क्षत्री, अम्बिका आचार्य, सरोज ठकुरी, बवी नगर्जी लगायत इडन ब्रिज एकेडेमी बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा टोखा नगरपालिका वडा-३ को वडासदस्य हरिकृष्ण श्रेष्ठलाई एकेडेमीका प्रिन्सिपल प्रेमकुमार राईले खादा ओदाइ सम्मान पत्र -प्रदान गरेका थिए ।
एकेडेमीका प्रिन्सिपल प्रेमकुमार राईले शुभकामना व्यक्त गर्दै सबैको कार्यकाल स्वर्णीम कार्यकाल बनोस् भन्दै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई वडावासीको माग र जन चाहना तथा विकासको आवश्यकताको आधारमा योजना बनाएर काम गर्न सुझाव दिएका थिए । कार्यक्रममा दर्जन बढी शिक्षक शिक्षिका , विद्यार्थीभाइ बहिनीहरुको उपस्थिति रहेको थियो ।

