• TOKHA LIVE

    • २२ जेष्ठ २०७९, आईतवार १७:५१

    टोखामा वृक्षारोपण गरि मनाइयो ‘विश्व वातावरण दिवस

    टोखालाइभ डट कम जेठ २२,२०७९ काठमाडौँ ।

    विश्व वातावरण दिवसको अवसरमा आज टाेखामा वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाएको छ। “पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवनयापन” भन्ने मुल नाराका साथ टोखा नगरपालिका वडा नम्बर २ र ३ को संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमलाई पूर्व उपप्रधान मन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वृक्षारोपण गरि उद्घाटन गरेका थिए ।

    कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर २का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,टोखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोल लगायत जनप्रतिनिधिहरु, टोल विकास संस्था, महिला समुह, राजनितीक दलका प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, बुद्धिजीवी, विभिन्न संघसंस्था लगायत वडाबासीहरुले सरसफाई तथा वातावरणसम्बन्धी जनचेतनामूलक र्याली कार्यक्रममा सहभागिता रहेको थियो ।

    गणेशस्थानदेखि सरसफाई तथा वातावरणसम्बन्धी जनचेतनामूलक र्याली ऐतिहासिक टोखावस्ती नगरपरिक्रममा गरि पुनः टोखा -२ को गले पाचाको फूटपाटमा पुगी वृक्षारोपण गरेका थिए । वातावरणको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ । स्वच्छ हावाका लागि आफ्नो परिवेश हराभरा र सफासुघार राख्न वातावरण प्रतिको सजगता अपनाउन वृक्षारोपण गरिएको टोखा-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताए । विश्व वातावरण दिवस कार्यक्रमका लागि नेपाल बैंक लिमिटेड ग्रान्डी शाखा, सेन्चुरी कमर्सियल बैंक टोखा शाखा,ज्योति विकास बैंक टोखा शाखाले क्रमशः ६०० र ४००/४०० विभिन्न वोट विरुवाहरु उपलब्ध गराएको थियो ।

    जुन 6, 1972 मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु पर्नेमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता प्राप्तभयो । त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो वर्ष अर्थात ५ जुन १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा अंगिकार गरिएको हो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै