• TOKHA LIVE

    • ११ जेष्ठ २०७९, बुधबार ०९:३२

    टाेखामा सार्वजनिक यातायातको विद्यमान समस्या र समाधान का उपायहरु

    – अमर वहादुर डंगोल

    ऐतिहासिक एवं सांस्कृतिक नगर टोखामा दुई दशकभन्दा अगाडिदेखि नै यातायात साधनमा विविध समस्याहरु भए नि खासै सुधार आएको देखिन्न।यसका लागि टोखाका आम जनताले सरोकार विषय बनाई ती समस्याहरुलाई निराकरणका लागि आवश्यक निकायमा दबाब दिनु जरुरी छ।प्रमुख समस्याहरु निम्नानुसार छन्:
    १.ग्रीनल्यान्डदेखि बसुन्धरा-टिचिङ अस्पताल हुँदै सुन्धारा पुगी सोही रुट हुँदै फर्किने माइक्रोबसलाई टोखासम्म ल्याउन पाए टोखाका यात्रुहरूलाई सहज हुने थियो। २.झोरदेखि सामाखुसीसम्म चल्ने सो रुटको गाडीलाई सुन्धारासम्म चलाउने वातावरण सृजनाका लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ।
    ३.टोखादेखि बसुन्धरा-धुम्बाराही हुँदै एयरपोर्टसम्म चल्ने रुट पनि थप्नुपर्छ।
    ४.टोखादेखि ग्वंगबुँ-बालाजु हुँदै कलंकीसम्म चल्ने रुटको पनि व्यवस्था गर्नुपर्छ।
    ५.सामाखुसी यातायातको गाडीले अनावश्यक रुपमा गरिने ढिलासुस्ती एवं कृत्रिम अभावलाई तत्काल निराकरणका लागि पहल गर्नुपर्छ।
    ६.भाडा पनि यातायात संघले तोकिएको भाडादर अनुसार मात्रै उठाउन लगाउनुपर्छ।
    ७.टोखा-विष्णुमती र टोखा-सँलखुसी(भत्केको पुल) को बाटोको स्तरोन्नति गरी भत्केको पुलसम्म आउने गाडी टोखा गेट र विष्णुमती पुलसम्म चल्ने इलेक्ट्रोनिक टेम्पो टोखा गणेशथानसम्म चलाउन मिल्छ।
    ८.बानियाँटार एवं धनेश्वरसम्मको रुटलाई सरसल्लाह गरी टोखा भख्य:(भुतखेल)सम्म ल्याउन सकिन्छ।
    मेरो गाडी छ,बाइक छ मलाई मतलब छैन भन्ने भावना नराखी यी समस्याहरु समाधानका लागि यहाँका सम्पूर्ण प्रबुद्ध वर्ग,बुद्धिजीवी,संघ संस्था,राजनैतिक दल,जनप्रतिनिधि,विभिन्न व्यक्तित्व,विद्यार्थी एवं युवाहरूको संयुक्त प्रयासले यी समस्याहरुको निराकरण यथाशीघ्र हुनेछ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै