टाेखालाइभ डट कम/ जेठ ३
काठमाडौं । काठमाडौंकाे तारकेश्वर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार कृष्णहरि महर्जन विजय भएका छन् । उहाले ११९८८ मत प्राप्त गर्दै बिजय हुनु भएको हो भने उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार रामेश्वर बोहराले ७८०८ मत प्राप्त गर्नु भएको छ ।
त्यसै गरि उप-प्रमुखमा नेपाली कांग्रेसका उमेदवार श्री सृजना बुर्लाकोटीले १०७८६ मत प्राप्त गरि बिजयी भएकी छिन् भने उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकि भवानी डोटेल लाई ८००६ मत प्राप्त भएको थियो छ । तारकेश्वरको ३ वटा वडा बाहेक सबै वडामा नेपाली काँग्रेसले जीतेको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेका रामेश्वर बोहराले मेयरमा र उपमेयरमा नेकपा एमालेकि भवानी डोटेलले बिजयी हासिल गरेकी हुन् ।

