• TOKHA LIVE

    • २ जेष्ठ २०७९, सोमबार १२:०२

    तारकेश्वर वडा नं. १ मा नेकपा एमालेको प्यानल नै विजयी

    टाेखालाइभ डट कम/
    जेठ २,२०७९

    काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

    शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा १ का वडा अध्यक्षका उम्मेदवार बिदुर सापकोटाको प्यानल नै विजयी भएको हो ।

    एमालेका वडा अध्यक्षका उम्मेदवार बिदुर सापकोटाले ८५८ मत ल्याएर विजयी भएका हुन् । सापकोटाका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ७९८ मत ल्याएका छन ।

    मेयरमा तारकेश्वर १ मा सूर्यले ८२३ मत प्राप्त गर्दा रूखले ८१७ मतमात्र प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ८६२ मत प्राप्त गर्दा रुखले ८०४ मत प्राप्त गरेको छ ।

    यस्तो छ मतपरिणाम :

    सूर्य                          रुख
    मेयर ८२३                  ८१७
    उपमेयर ८६२               ८०४
    वडाध्यक्ष ८५८               ७९८
    महिला सदस्य ८८७        ७२५
    दलित सदस्य ८४६ ७६८
    खुला सदस्य ८०५ ७१३
    खुला सदस्य ९३२ ६९७

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै