• TOKHA LIVE

    • १३ बैशाख २०७९, मंगलवार २०:०१

    तारकेश्वर नगरपालिकाको प्रमुखमा एमालेका रामेश्वर बोहोरा र उपप्रमुखमा भवानी डोटेलले दिए मनोनयन दर्ता

    टाेखालाइभ डट कम/ बैशाख १३,२०७९

    काठमाडौं /तारकेश्वर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका रामेश्वर बोहोरा र उपप्रमुखमा भवानी डोटेलले हिजो मनोनयन दर्ता गराएका छन् । दलबल सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएको एमालेको टोलीले मेयरमा बोहोरा र उपमेयरमा डोटेल सहित सबै वडामा उम्मेदवारी दर्ता गराएका हुन् ।

    मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय तारकेश्वर पुगेका मेयरका उम्मेदवार रामेश्वर बोहोरा र उपप्रमुखमा भवानी डोटेल दुबै यस अघिको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट तारकेश्वर नगरपालिकामा मेयर , उपमेयरमा बिजयी भएका थिए ।

    वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमाले बाट तारकेश्वरमा नगर प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षहरुको उम्मेदवार यसप्रकार रहेको छ।

    मेयर – रामेश्वर बोहोरा
    उपमेयर – भवानी डोटेल धिताल (भानु)
    १ वडा अध्यक्ष – बिदुर सापकोटा
    २ वडा अध्यक्ष – संजय ढकाल
    ३ वडा अध्यक्ष – बिदुर प्रसाद अर्याल
    ४ वडा अध्यक्ष – नरेन्द्रदास श्रेष्ठ
    ५ वडा अध्यक्ष – बासु प्रसाद गौतम
    ६ वडा अध्यक्ष – राजु तिमिल्सिना
    ७ वडा अध्यक्ष – मिठाराम खत्री
    ८ वडा अध्यक्ष – मनोज कुमार घिमिरे
    ९ वडा अध्यक्ष – श्यामकृष्ण महर्जन
    १० वडा अध्यक्ष – धुर्बराज राई
    ११ वडा अध्यक्ष – मनोहर थापा

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै