• TOKHA LIVE

    • ९ फाल्गुन २०७८, सोमबार २०:४१

    नेकपा एमाले तारकेश्वर नगर कमिटीको बैठक सम्पन्न : निणर्यहरु सहित

    टाेखालाइभ/ फागुन ९ ,२०७८

    काठमाडौं । एमाले तारकेश्वर नगर कमिटीको चौथो पुर्ण बैठक आज सम्पन्न भएको छ । नगर अध्यक्ष बासु गौतमको अध्यक्षतामा बसेको बैठकमा काठमाडौं जिल्ला कमिटीद्वारा जारि गरिएको अपानि , स्थानिय तहको चुनावको तयारी , संगठनलाई गतिशिल बनाउन बिभिन्न योजना एवं भावी रणनिति बारे बृहत छलफल भएको थियो ।

    बैठकमा ११ वटै वडाका अध्यक्षहरुले वडाका रिपोटिङ्ग गरेका थिए ।

    बैठकमा प्रदेश कमिटि सचिवालय सदस्य श्याम घिमिरे, जिल्ला अध्यक्ष दिपक निरौला, प्रदेश सदस्य तथा नगर प्रमुख रामेश्वर बोहोरा, नगर ईन्चार्ज विवेक देवकोटा लगायतले सम्बोधन गर्नु भएको थियो ।तारकेश्वर नगरपालिकाबाट काठमाडौ जिल्ला कमिटिमा प्रतिनिधित्व गर्नुहुने सबैलाई सो बैठकले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    बैठकमा नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्यहरु रामेश्वर बोहोरा, लेखनाथ फुयाल, सिताराम रेग्मी, काठमाडौं जिल्ला सदस्यहरु बिदुर अर्याल, विश्वनाथ लामिछाने, हरिशरण तिमल्सेना, शिवकुमारी अर्याल, भाष्कर लेकाली, यमुना धिताल, सबिना बुढाथोकी, सावित्रा शर्मा, भवानी डोटेल, स्यान्टु पुतुवार, रामेश्वर देवकोटा, गोपी सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै