टाेखालाइभ डट कम/माघ २५, २०७८,
काठमाडौ । तारकेश्वर नगरपालिका मेयरमा नेपाल एकीकृत समाजवादी पाटिबाट लव कुमार बस्नेतले उम्मेदवारी घोषणा गरेका छन। सरकारले २०७९ बैशाख ३० गते नेपाल भर एकै साथ स्थानीय तहको निर्वाचनको मिति तोके संगै अहिले तारकेश्वर नगरका विभिन्न चोकचोक र चियापसलमा निर्वाचन र उम्मेदवारको चर्चा हुने गरेको छ।यसै क्रममा तारकेश्वरमा स्थानीय तहमा विभिन्न राजनीति दलका नेताले मिडियाहरुमा उम्मेदवारी घोषणा गने क्रम बढेको छ। निर्वाचन मिति घोषणा संगै तारकेश्वरमा राजनीति माहोलको गर्माहत ह्वात्तै बढेको छ।
को हुन त लवकुमार बस्नेत ? वि स २०४९ सालमा र २०५४ सालमा काठमाडौ जिल्लाको साविकको मनमैजु गाविसमा नेकपा एमालेबाट उपाध्यक्ष पदमा निर्वाचित भई जनताको विचमा लोकप्रीय काम गरेका हुन । नेकपा एमालेमा मा विगत २०३६ साल देखि पाटि राजनीतिमा लागि सेवागर्दै आईरहनु भएको थियो २०५८ सालदेखि२०७३ साल सम निरन्तर राजनीति सवर्दलीय समयन्त्रमा रहि काम गर्दै आईरहनु भएको थियो ।
हाल बस्नेत नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला कमिटी सचिवालय सदस्य तथा तारकेश्वर नगर कमिटी अध्यक्ष हुनुहुन्छ ।बस्नेत तारकेश्वर नगरमा राम्रो छवि भएका र जनताको विचमा विकास का लागि काम गर्ने र जनताको हरेक समस्यामा साथ दिने नेता र लोकपि्रय नेताको रुपमा परिचित रहेका छन ।

