• TOKHA LIVE

    • १७ आश्विन २०७८, आईतवार १०:४४

    तारकेश्वर नगरपालिकाको नगर सभापतिमा कृष्णहरि महर्जन

    टाेखालाइभ डट कम/ असोज १७, २०७८

    काठमाडौ। तारकेश्वर नगरपालिकामा शनिबार सम्पन्न भएको काङ्ग्रेसको तारकेश्वर नगरपालिका अधिवेशनबाट तारकेश्वर सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् ।

    सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहका महर्जनले नेता प्रकाशमान सिंह र गगन थापा समूहका श्रीराम थापालाई पराजित गरेका हुन् । सिटौला समूह छोडेर गगनले प्रकाशमान सिंहलाई साथ दिएपनि श्रीराम थापा पराजित भएका छन् ।

    सिटौला समूहका नेता भीमसेनदास प्रधानले देउवा समूहसँगको सहयोगमा सिंह र थापा समूहलाई पराजित गर्न सफल भएका छन् । तारकेश्वर नगरपालिकामा प्रधानको निर्वाचन क्षेत्र समेत पर्छ ।

    महर्जनले १३५ मत प्राप्त गर्दा निकतम श्रीराम थापालाई ११४ मत प्राप्त गरेका हुन् । उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन् । यस्तै सचिवमा राजु फुयाल, शंकर तिमिल्सिना र अप्सरा खड्का निर्वाचित भएका छन् भने सहसचिवमा सरस्वती पौडेलले बाजी मारेकी छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै