• TOKHA LIVE

    • ३ आश्विन २०७८, आईतवार ०९:५०

    मनोहर थापाको नेतृत्वमा नेपाल खेलकुद महासंघ तारकेश्वर नगर कमिटी गठन

    टाेखालाइभ डट कम/असोज ३,काठमाडौं

    नेपाल खेलकुद महासंघमा मनोहर थापाको नेतृत्वमा  तारकेश्वर नगर कमिटी गठन गरिएको छ।
    नेपाल खेलकुद महासंघका उपाध्यक्ष निरेसलाल सिंहको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य अमृत थापाको अध्यक्षतामा भएको भेलाले ६५ सदस्यीय नगर कमिटी घोषणा गरेको थियो।

    कार्यक्रममा काठमाण्डौ क्षेत्र नं ७ का प्रतिनिधि सभा सदस्य रामबिर मानन्धर तारकेश्वर नगरका प्रमुख रामेश्वर बोहोरा, उप प्रमुख भवानी डोटेल धिताल, बागमती प्रदेशका सचिवालय सदस्य श्याम घिमिरे,जिल्ला सदस्य कमरेड हरु, नगर कमिटी अध्यक्ष बासु गौतम ,जिल्ला कमिटी अध्यक्ष राजेश्वरमान स्थापित लगायतको उपस्थिति भएको भेलामा केन्द्रीय सदस्य तथा उपत्यका सह सचिव विवेक घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने विकास राज बाहकले कार्यक्रम संचालन गरेका थिए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै