टाेखालाइभ डट कम/असोज १,२०७८,
तारकेश्वर नगरपालिकामा वडा ११ नेपालटारमा ट्राफिक प्रहरी प्रभागको भवन उद्घाटन सम्पन्न भएको छ।
तारकेश्वर नगरपालिका नगर प्रमुख रामेश्वर बोहराको प्रमुख अतिथ्यतामा उक्त तीन कोठे ट्राफिक प्रहरी प्रभाग भवनको उदघाटन भएको हो ।कार्यक्रममा मनतब्य राख्दै तारकेश्वरका मेयर रामेश्वर बोहराले नगरपालिका भित्र ट्रफिक व्यवस्थापन गर्न लागिरहेको बताए ।

कार्यक्रममा ट्रफिक महासाखा का प्रमुख जनक भट्टराईले ट्राफिक व्यवस्थापन गर्ने सबैले सहयोग गरेमा सहज हुने बताए। ट्रााफिक प्रहरीका बरिस्ठ उपरिक्षक असोक सिहले अहिले काठमाडौ को अवस्थामा अपराध सामान्य भएको र स्थानीय तह र सामुदायिक प्रहरी साझेदारीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरि अघि बढिरहेको बताए । कार्यक्रममा तारकेश्वर का उपमेयर भवानी डोटेल धितालले ट्रााफिक कार्यलय आएसगै नगरमा ट्रााफिक व्यवस्थापन गर्ने सहज भएको बताईन ।
प्रमुख अतिथी तारकेश्वर नगर प्रमुख रामेश्वर बोहरा,
विशेष अतिथि ट्राफिक महाशाखाका प्रमुख जनक भट्टराई र बरिस्ठ प्रहरी उपरीक्षक असोक सिहं तारकेश्वरका उपमेयर भवानी डोटेल धिताल अतिहरु तारकेश्वर नगरपालिका वडा अध्यक्षहरु विभिन्न सघसस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

