• TOKHA LIVE

    • २३ भाद्र २०७८, बुधबार १८:३८

    विद्यालय सञ्चालन गर्ने सम्बन्धमा तारकेश्वरमा प्याब्सन र एन प्याब्सनको अन्तरक्रिया सम्पन्न 

    टाेखालाइभ डट कम/भाद्र २३,२०७८

     यही भाद्र २७ गते विद्यालय सञ्चालन गर्ने सम्बन्धमा तारकेश्वर नगरपालिकाका सस्थागत विद्यालयका सगंठन प्याब्सन र एन प्याब्सनले तारकेश्वरका नगर प्रमुख रामेश्वर बोहराको प्रमुख अतिथिमा अन्तरक्रिया सम्पन्न  भएको छन। कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहराले शैक्षिक क्षेत्रमा कोभिडले ठुलो असर गरेको र नगरपालिका भित्र विद्यालय सञ्चालन गर्ने स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा गरेर सञ्चालन गर्न आग्रह गरे ।

    तारकेश्वरका शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले तारकेश्वरले स्थानीय पाठयक्रम सबै विधालयमा पठनपाठन गराउनु पर्ने र नगरपालिकाले सस्थागत र सामुदायिक विधालय भनेर कहिले भेदभाव नगरेको बताए ।

    तारकेश्वरका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालले शिक्षा क्षेत्र महत्त्वपूर्ण क्षेत्र हो विधालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनायर राम्रो सग गर्नुपर्ने बताए ।

      तारकेश्वर नगर शिक्षा समितिका सदस्य लोकेन्द्र बहादुर खड्काले कोरोनाले गर्दा विधालय सञ्चालकहरुलाई समस्या परेको बताए र नगरपालिकाले सकेको सहयोग गर्नु पर्ने बताए ।कार्यक्रममा एन प्याब्सन बागमती प्रदेस सदस्य बासुदेव भट्टले विधालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार गर्नेु पर्ने र अहिले अनलाइन शिक्षाले पनि शारीरिक र मानसिक दुष्प्रभावहरु परेको र यसको निराकरणको लागि विधालय सञ्चालन राम्रो भएको बताए ।

    प्याब्सन तारकेश्वर का अध्यक्ष धन बहादुर पुनंले कोभिडका कारण सस्थागत विधालयको पठनपाठनमा समस्या परेको बताए ।                                                                             प्याब्सका काठमाडौ जिल्ला पुर्व अध्यक्ष दिपक गुरुङले विधालय सञ्चालन गर्दा सजक भएर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए ।
    तारकेश्वर नगरपालिकामा सस्थागत विधालय ४५ एन प्याब्सनको १५ ओटा सामुदायिक विधालय २२ ओटा सञ्चालनमा रहेका छन। कार्यक्रममा तारकेश्वरका नगर एन प्याब्सनका अध्यक्ष गोविन्द भट्टले स्वागत मनतब्य राखेका थिए । कार्यक्रम सञ्चालन  प्याब्सन तारकेश्वर नगर कमिटीका सचिव नवराज न्यौपानेले गरेका थिए।कार्यक्रममा धन्यवाद मनतब्य तारकेश्वर नगर प्याब्सनका सल्लाहकार शिव अर्यालले राखेका थिए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै