• TOKHA LIVE

    • २० भाद्र २०७८, आईतवार १५:३६

    तारकेश्वर नगरपालिकामा ब्लड डोनर्स एसोसिएसन नेपालको चौंथो अधिवेशन सम्पन्न

    टाेखालाइभ डट कम /भाद्र २०,२०७८

    तारकेश्वर नगरपालिकामा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान ) तारकेश्वर नगर समितिको चौंथो अधिवेशन  सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका स्तरीय ब्लड डोनर्स एसोसिएसन समितिको चौंथो नगर सभा तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोरोको प्रमुख आतिथ्यमा मनमैजु सांस्कृतिक समाजको हलमा नगर प्रमुख रामेश्वर बोहोराले मैनवत्ती बालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।

    तारकेश्वर नगरपालिका स्तरीय ब्लड डोनर्स एसोसिएसन समितिको चौंथो नगर सभा सो अधिवेशनमा केदार अधिकारी अध्यक्ष रहने गरि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।उक्त  नवगठित कार्यसमितिमा रामलाल महर्जन– उपाध्यक्ष, हरिकृष्ण खत्री – सचिव,दिपक कृष्ण श्रेष्ठ – सहसचिव, कमला सिलवाल खत्रि – कोषाध्यक्ष, सदस्यहरुमा कृष्ण प्रसाल ढुंगाना,इश्वर तिवारी,पूर्ण प्रसाद तिमिल्सिना,राजेन्द्र थापा  रहेका छन् ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नगर प्रमुख रामेश्वर बोहोराले नगर अधिवेशनको शुभकामना दिदै तारकेश्वरमा रगत अभाव हुन नदिनका लागि नगरपालिका लागिरहेको हुँदा ब्लड डोनर्स एसोसिएसन, नेपाल तारकेश्वर नगर समितिले वडा कार्यालय र स्वास्थ्य शाखाको समन्वयमा नगरको ११ ओटा वडामा नै कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताए।  नगरपालिकाले मृर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्न लागेको हुँदा रगतको आवश्यकता बढ्दै गएको बताउनुभयो ।

    कार्यक्रममा मनमैजु सांस्कृतिक समाजका अध्यक्ष ध्रुवराज खड्काले रक्तदान कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै लैजानुपर्ने बताउनुभयो ।कार्यक्रमका सभापति देबेन्द्र महर्जनले पुरानो टिमले काम नगरेको हुँदा नयाँ समितिमा सामाजिक सक्रिय सदस्यहरु राखेर निर्माण गर्न लागिको  बताउनुभयो ।

    त्यस्तै तारकेश्वर १० का वडा अध्यक्ष अमृत थापाले टोल सुधार समिति र महिला समुहहरुको सहकार्यमा रक्तदान कार्यक्रम निरन्तर रूपमा गर्दै जानुपर्ने बताउनुभयो ।

    कार्यक्रमका विशेष अतिथि ब्लड डोनर्स एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले सामाजिक क्षेत्रमा केही गरौं भन्ने भावना भएका मानिसहरु मात्र संस्थाको टिममा रहनुपर्ने बताउनुभयो ।

    अधिवेशनमा विशेष अतिथिमा ब्लड डोनर्स एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति, तानपा वडा नंं. १० का अध्यक्ष अमृत थापा, मनमैजु सांस्कृतिक समाजका अध्यक्ष ध्रुवराज खड्का,सभापति देबेन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै