• TOKHA LIVE

    • १८ भाद्र २०७८, शुक्रबार ०८:३२

    श्रीकृष्ण अवतारबाट सिकौं

    – डा. किस्मत भण्डारी ( हाल क्यानडा)

    टोखा लाइभ । २०७८ भदौं १८ गते ।

    प्राचीन मथुराको झ्यालखाना जन्मेका, उज्जैनको संदिपनी गुरु कुलमा अध्ययन गरेका, मथुरालाई द्वारका सारेका, द्रोपदीको लाज जोगाएका, युद्ध रोक्न शान्ति दूत बनेका र श्रीमद्भगवत जस्तो महान् ज्ञान विश्वका लागि प्रदान गरेका योगेश्वर जगद्गुरु भगवान् श्रीकृष्ण। श्रीकृष्णलाई “मिथ” ठान्नेहरूका लागि उनको जन्म कुण्डलीले चुनौती दिन्छ। या चुनौती स्वीकार गर्नुपर्छ, होइन भने गीताको ज्ञानलाई अङ्गीकार गर्नुपर्छ।

    कारावासमा जन्मेका ,बाल्यकालमा गोठालो !!! मनपराउने मखन र सबैलाई आकर्षण गर्न सक्ने !!!आवश्यक पर्दा दूत बनेर पनि , कहिले सुक्ष्म र कहिले विराट रुप देखाएर भएपनि, युद्धमा शस्त्र त्यागेर भएपनि सत्मार्ग र धर्मको रक्षाकालागि आफ्नो कर्म निरन्तर गर्नु र कर्तव्य पालना गर्नु नै उत्तम हो भन्ने शिक्षा दिने , मानव सोच भन्दा बाहिरका श्रीकृष्णबाट धेरै सिक्न सकिन्छ । उनको ज्ञान महत्त्वपूर्ण छ।

    वासुदेव र देवकीका आठौं सन्तानका रुपमा जन्मिएका भगवान विष्णुको आठौं अवतार मानिएका श्रीकृष्णले अधर्म बढ्दै गएपछि धर्मको स्थापना गर्न र मानवजगतलाई गीता जस्तो आदर्श र साँचिकै भन्न पर्दा सान्दर्भिक ज्ञान दिन आफ्नो लीला रचेका थिए। आफ्नो धर्ममा अडिग रहन र गलतलाई सजाय दिन कहिल्यै नचुक्ने शिक्षा उहाँबाट पाईन्छ। श्रीकृष्णको व्रत पूजा गरी जन्म अष्टमीकाे दिन विशेष रुपमा मनाइने चलन पनि छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै