टाेखालाइभ डट कम /भाद्र १२,२०७८
काठमाडौं /नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले काठमाडौको तारकेश्वर नगरपालिकामा आज ८१ सदस्यीय नगर कमिटी घोषणा गरेको छ। तारकेश्वरको वडा नं. ६ धमस्थलीको रिभर साईड रिसोर्टमा बसेको बैठकले नेकपा एमाले माधबकुमार नेपाल समुहको नेकपा (एकीकृत समाजवादी) नगर कमिटी घोषणा गरेको जानकारी प्राप्त भएको छ ।
तारकेश्वर नगर कमिटीको अध्यक्ष लवकुमार बस्नेत र सचिव शिवहरी देवकोटा रहेका छन् । आज भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य जिवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जिवनराम श्रेष्ठले अहिले नेपालमा कम्युनिस्ट आन्दोलनको रक्षा केपि ओलिले गर्न नसकेकोले नयाँ पार्टी बनाएर कम्युनिस्ट आन्दोलनको रक्षा गर्न समाजवादी पार्टी निर्माण गरिएको बताउदै श्रेष्ठले केपी ओलीको एमालेमा रहेका क्रान्तिकारी नेता कार्यकर्ताहरुलाई एकीकृत समाजवादी पार्टीमा आउन समेत आग्रह गरेका थिए।
अब नेपालमा कम्युनिस्ट आन्दोलनको रक्षा र जनताको आशा एकीकृत समाजवादी पार्टीले मात्र गर्ने केन्द्रीय सदस्य जिवनराम श्रेष्ठले बताए । काठमाडौंमा तारकेश्वर नगरपालिका नेकपा (एकीकृत समाजवादी) नगर कमिटी घोषणा गर्ने पहिलो नगरपालिका समेत भएको छ।

