• TOKHA LIVE

    • ११ भाद्र २०७८, शुक्रबार २१:०१

    ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

    टाेखालाइभ डट कम / भाद्र ११,२०७८
    ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि संचालन हुँदै आएकोे ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर शुक्रबार संम्पन्न भएको छ। पाटनको गाःबहाल टोलको दुनेचोकमा नृसिंहलाई  विशेष तान्त्रिक पुजा गरेपछि  सुरु भएको यात्रा पाटनका विभिन्न ठाँउमा परिक्रमा गरेपछि पुन गाबहाल पुगेर समापन भएको हो । ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिहं जात्रा संचालन गर्ने गर्दछ ।

    यसपाली गाबहालका कोमलेशाननद राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको हो । नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहं सहित लक्ष्मी, सरस्वती ,भक्त प्रल्हादको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायतविभिन्न ठाउँमा यात्रा गर्ने चलन छ । तर यसपाली कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकोले जात्रा साधारण किसिमबाट मात्र संचालन गरेको हो।

    कार्तिक नाचका क्रममा निस्कने नृसिहंलाई उग्र रुपको नृसिहं मानिन्छ भने भदौमा निस्कने नृसिहंलाई शान्त स्वभावको रुपमा लिइन्छ ।नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्ताबेज छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै