• TOKHA LIVE

    • ५ श्रावण २०७८, मंगलवार १४:४६

    तारकेश्वरको ४ स्थानमा खुला ब्यायामशाला सञ्चालन पछि नगरवासी लाभान्वित:-

     

    टाेखालाइभ डट कम/श्रावण ५,२०७८,

    तारकेश्वर नगरपालिकामा चार स्थानमा खुला ब्यायामशाला सञ्चालनमा आएको छ। सो खुला ब्यायामशाला सञ्चालन पछि नगर वासी लाभान्वित बनेका छन्। तारकेश्वर नगरपालिकाले रु ३९ लाख बजेटमा तारकेश्वर नगरपालिकाको वडा न १० को लोकतान्त्रिक पार्क,वडा न ८ को पिपलडाँडा, वडा न ५ को धितालथोकमा र वडा न २ को काभ्रेस्थलीमा गरि चार स्थान खुला ब्यायामशाला सञ्चालनको लागी राखिएको तारकेश्वर खेलकुद विकास समितिका अध्यक्ष बलराम सिटौलाले बताए ।

    अध्यक्ष सिटौलाले स्थानीय मिडियासँग संवादको क्रममा तारकेश्वर भित्रका खेलाडीहरुलाई प्रोत्साहन गर्ने र खेलकुद क्षेत्रको विकासको लागि काम गरिरहेको र अहिले राखेको खुला ब्यायामशालाले नगरबासिहरुलाई स्वास्थ् राख्न टेवा पुग्ने र आगामी दिनमा तारकेश्वर नगरका सबै वडामा ब्यामशाला विस्तार गर्ने योजना रहेको र अहिले सञ्चालन भएको ब्यायामशाला व्यवस्थित गर्दै लाने बताए । अहिले सञ्चालनमा आएको खुला ब्यामशालामा नगरबासिहरु बिहानै देखि स्व- स्फुर्ट रहन शारीरिक ब्यायाम गरिएको भिड देख्न सकिन्छ ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै