• TOKHA LIVE

    • ११ असार २०७८, शुक्रबार १९:२७

    तारकेश्वर नगरपालिकाको ९ औं नगर सभा सुरु, १ अर्व ८४ करोड १२ लाख बजेट बिनियोजन

    • आर्थिक वर्ष २०७८/७९ मा चाुलु खर्च ७० करोड र पुँजीगततर्फ १ अर्व १३ करोड बिनियोजन

    टाेखालाइभ/ असार ११, काठमाडौं ।

    तारकेश्वर नगरपालिकाको ९ औं नगर सभा सुरु भएको छ। धर्मस्थलीको आफ्नै हलमा शुरु भएको नगरसभामा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले बोलिसकेका छन् । यतिबेला राजनीतिक दलका प्रतिनिधिहरुले सम्बोधन गरिरहेका छन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो । नगर प्रमुख रामेश्वर बोहराले संक्षिप्त नीति कार्यक्रमबारे प्रकाश पारेका थिए भने नगर उपप्रमुख भवानी डोटेल धितालले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।

    निर्माण १ ओटा भएको छ । पोखरी १ ठाउँमा मात्र निर्माण भएको छ ।

     

    कार्यक्रममा बागमती प्रदेश सांसद् प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भइरहेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि तारकेश्वर नगरपालिकाले १ अर्व ८४ करोड १२ लाख १८ हजारको बजेट विनियोजन गरेको छ । त्यस्तै चालु खर्चमा ७० करोड ४७ लाख २१ हजार अर्थात् कुल बजेटको ३८.२७ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ १ अर्व १३ करोड ६४ लाख ९७ हजार बजेट विनियोजन गरेको छ । यसमा ६१.७३ प्रतिशत हुन आउँछ।

    निर्माण १ ओटा भएको छ । पोखरी १ ठाउँमा मात्र निर्माण भएको छ ।

    निर्माण १ ओटा भएको छ । पोखरी १ ठाउँमा मात्र निर्माण भएको छ ।

    राजश्व बाँडफाँडबाट ५३ करोड १२ लाख ४२ हजार रकम संकलन गरिने बुझिएको छ । त्यस्तै आन्तरिक आम्दानीबाट रु. २१ करोड ७० लाख ७५ हजार खर्च गरिने बुझिएको छ । नेपाल सरकारबाट समानीकरण अनुदानतर्फ २२ करोड ५९ लाख र सर्शत विशेष तथा समपुरक अनुदान तर्फ रु. ३३ करोड १२ लाख, प्रदेश सरकारबाट अनुदानतर्फ २ करोड ५१ हजार, र्शत विशेष तथा समपुरक अनुदानतर्फ ५ करोड २६ लाख ५३ हजार र अन्इ स्थानीय तहबाट सहयोग रु. ५ करोड र विशेष कोषबाट १२ करोड ३१ लाख १७ हजार र नगद जनसहभागिताबाट ४ करोड र अन्य आयबाट २४ करोड ९९ लाख ८० हजार गरी कुल १ अर्व ८४ करोड १२ लाख १८ हजार जुटाइने नगरपालिकाको लक्ष्य रहेको छ ।

    निर्माण १ ओटा भएको छ । पोखरी १ ठाउँमा मात्र निर्माण भएको छ ।

    आर्थिक वर्ष २०७७/७८ मा जेष्ठ मसान्तसम्म सम्पन्न भएका पूर्वाधार विकास तर्फ

    बाटो ढलान कार्य ८२३१ मटिर, ब्लक ओछ्याउने कार्य २२९७ मिटर, ढल तथा मंगला सुधार तर्फ ३५३७ मिटर, रिटेनिङ वाल निर्माण २८१५ मिटर, ग्राभेल बाटो बनाउने कार्य २१९४ मिटर, खानेपानी पाइपलाइन विस्तार १४३२७ मिटर रहेको छ । मन्तिर, पाटी चौतारा तथा सामुदायिक भवन १८ ओटा निर्माण भएका छन् । पुल ३ ओटा निर्माण भएका छन् । खानेपानी ट्यांकी २ ओटा बनेका छन् । बाटो कालोपत्रे २५० मिटर भएको छ । नयाँ ट्रयाक बाटो निर्माण ४०० मिटर भएको छ । डिप बोरिङ १ ओटा भएको छ । सडक वत्ती ३६१ ओटा राखिएको छ । ट्रस निर्माण १ ओटा भएको छ । पोखरी १ ठाउँमा मात्र निर्माण भएको छ । साभार: फरकपत्रबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै