टोखा लाइभ ।२२ जेष्ठ २०७८, शनिवार ।
तपाईले याद गर्नुभएकै होला जब हाम्रो शरीरमा राम्रो मात्रामा भोजन हुँदैन तब हाम्रो स्वास्थ्य बिग्रने गर्दछ । जसले गर्दा हामी अन्य कैयौँ बिमारीको चपेटामा फस्ने गर्दछौ । यस्तो अवस्थामा हामीले यो पत्ता नै लगाउन सक्दैनौँ कि आखिर हामिलाई के भइरहेको छ ? किन केही गलत चिज नखाँदा पनि बिमारी भएको जस्तो अनुभव गर्छौ । यदि तपाईलाई पनि यस्तै भइरहेको छ भने यो प्रश्नले तपाईलाई सताइरहेको होला कि आखिर हामीलाई भएको छ चाहिँ के ?आउनुहोस् जानौँ यसको कारण
साँचै नै भन्ने हो भने सर्वप्रथम त यस्तो समस्या हुनु भनेको सामान्य नै भइसकेको छ । हामी सहि तरिकाले सहि समयमा नै खाने गर्दछौँ तर हामी खाना खाएपछि केही यस्ता गल्तीहरु गर्दछौँ जसले हामीलाई कैयौँ लामो समयसम्म बिरामी बनाउँछ ।आउँनुहोस् जानौँ खाना खाएपछि यी काम गरेमा हामीलाई लाग्नसक्छन् यस्ता रोग।
एसिडिटी वा छाती पोल्ने समस्या
यदि तपाईले खाना खाने बित्तिकै सुत्ने बानी बसाल्नुभएको छ भने पनि तपाईलाई एसिडिटीको समस्याले घेर्न सक्छ । भनिन्छ कि खाना खाएको केही समयमै सुत्नाले तपाईको पाचन प्रकिया केही ढिलो हुनजान्छ । तर यस्तो हुनु हुँदैन किनभने खाना खाने बित्तिकै हाम्रो शरीरले खाना पचाउन सुरु गरेको हुन्छ । खाना खाएपछि हाम्रो आँतले अम्ल बनाएको हुन्छ र यदि हामी खाना खाएपछि तुरुन्त सुत्यौँ भने एसिड हाम्रो पेटबाट निक्लेर फुडपाइप र हाम्रो फोक्सोमा जाने गर्दछ । जसको कारणले गर्दा तपाई छाती पोल्ने र ग्याष्ट्रिक भएको जस्तो समस्या महसुस गर्न सक्नुहुन्छ ।
खाना पचाउन मुस्किल हुनु
यदि तपाई खाना खाएपछि तुरुन्त सुत्नुहुन्छ भने तपाईले खाएको खाना राम्रोसँग पच्ने गर्दैन । किनकी तपाई सुत्नाले तपाईको पुरै अंग सिथर हुने गर्दछ जसले गर्दा यो सामान्य क्रियामा काम गर्न बन्द हुने गर्दछ । यस्ूतो अवस्थामा सुत्नाले हाम्रो पाचन क्रिया बन्द हुने गर्दछ । जसले खाना राम्रो सँग पच्दैन ।
डाइबिटिजको बिमारी
खाना खानाले हाम्रो शरीरमा ग्लुकोजको मात्रा बढ्ने गर्दछ । यस्तो अवस्थामा तपाई खाना खाने बित्तिकै सुत्नुभयो भने सुगरलाई तपाईको शरीरले प्रयोग गर्न पाउँदैन जसले गर्दा शरीरमा सुगरको मात्रा बढी घुल्ने गर्दछ । यस्तो गर्नाले तपाईलाई डाइबिटिजको खतरा बढ्ने सम्भावना बढी हुने गर्दछ ।
केहि यस्ता खानेकुराहरू हुन्छन् जुन खाना खाने बित्तिकै खाँदा स्वास्थ्यलाइ हानी गर्छ ।
१. चुरोट
सकभर त चुरोट नखानु नै राम्रो यसले स्वास्थ्यमा कुनै फाइदा गर्दैन । खाना खाने बित्तिकै चुरोट खाँदै नखानुहोस्। खाना खाने बित्तिकै चुरोट खाँदा १० वटा चुरोटले असर गर्ने बराबर एउटाले गर्छ । त्यसैले खाना खाएको १ घन्टा नहुँदै चुरोट नखानुहोस् ।
२.नसुत्नुहोस्
खाना खाने बित्तिकै सुत्नाले एसिडिटीको समस्या हुन्छ । साथै पेट पनि लाग्छ त्यसैले कम्तीमा खाना खाएको आधा घन्टापछि मात्र बेडमा पल्टिनुहोस् ।
३. ननुहाउनुहोस्
खाना खाने बित्तिकै नुहाउनाले पनि डाइजेस्टमा समस्या हुन्छ । खाना खाने बित्तिकै मन तातो पानीले नुहाउदाँ झन समस्या बढ्छ । त्यसैले खाएको ३० मिनेट जती पछिमात्र नुहाउनुहोस् ।
४.चिया
खाना खाने बित्तिकै चिया नपिउनुहोस् । यसले गर्दा आलस्य, रक्तअल्पता, थकान निम्त्याउँछ । त्यसैले खाना खाने बित्तिकै चिया नपिउनुहोस् ।
५. फलफुल
खाना खानुभन्दा अगाडी फलफुल खानुहोस् तर खाना खाने बित्तिकै फलफुल नखानुहोस् ।
६. चिसो पानी
खाना खाने बित्तिकै चिसो पानी नखानुहोस् । यसले खानालाइ डाइजेस्ट हुन दिदैन् त्यसैले खाना खाने बित्तिकै मनतातो पानी खानुहोस् ।
स्रोत: हेल्थ एन्ड न्युट्रिसन

