• TOKHA LIVE

    • १४ जेष्ठ २०७८, शुक्रबार १९:२६

    २७ वर्षअघि रुवान्डा नरसंहारमा फ्रान्सका राष्ट्रपतिले गल्‍ती स्वीकार्दै माफी मागे

    टोखा लाइभ । २०७८ जेठ १४ गते ।

    पेरिस: फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले १९९४ मा रुवान्डामा भएको नरसंहारप्रति आफ्नो देशको तर्फबाट माफी मागेका छन् ।

    उक्त नरसंहार बढाउन फ्रान्सको भूमिका स्वीकार गर्दै उनले बिहीबार सार्वजनिक रुपमा माफी मागेका हुन् ।

    “आज यहाँ तपाईँहरुको पक्षमा उभिएर नम्रता र सम्मानका साथ हाम्रो उत्तरदायित्व स्वीकार गर्न आएको छु,” म्याक्रोँले भने । किगाली नरसंहारको रुपमा चिनिएको १९९४ को उक्त नरसंहारको सम्झनामा बिहीबार आयोजित कार्यक्रममा म्याक्रोँले आफ्नो मन्तब्य दिएका हुन् ।

    म्याक्रोँ २०१० पछि पहिलो पटक पूर्वी अफ्रिकी मुलुकको भ्रमणमा जाने पहिलो फ्रेन्च नेता समेत हुन् । जबकि रुवान्डामा ८ लाख तुत्सीहरुको हत्याको आरोप लामो समयदेखि फ्रान्समाथि लाग्दैआएको छ ।

    म्याक्रोँले रुवान्डाप्रति तत्कालीन फ्रेन्च भूमिका र राजनीतिक नेतृत्वको समेत आलोचना गरेका छन् । उनले भनेका छन् “भयानक त्रासमा बाँचेका ती मानिसहरुले मात्रै हामीलाई क्षमा दिन सक्छन् । हामीलाई क्षमाको उपहार दिनूस् ।”

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै