नविना श्रेष्ठ
टाेखालाइभ डट कम /जेठ ९, २०७८
स्वयम्भूमा रहेका जीव जन्तुहरुलाई नेपाल स्काउट मछिन्द्र क्र्यूका रोभर लिडर जगत विर सिंह कंसाकारको अगुवाइमा स्वयम्भुमा रहेका बादर , कुकुरहरुलाई हिजो खाना खुवाएको हो। निषेधाज्ञाको विषम परिस्थितिमा सडक र मन्दिरमा रहेका कुकुर बादरहरु सहितको लामो समय देखि खाना खान नपाएर भोक भोकै दयनिय अवस्था सिर्जना भएपछि यो अभियान शुरू गरेको क्र्यूका रोभर लिडर कंसाकारले वताउनु भयो।

आफ्नो घर आगाडी रहेको स्वयम्भूनाथ मन्दिरमा आफू पुग्दा त्यहाँ भोको रहेको बादर र कुकुर देख्दा आफ्नै घरमा खाना पकाएर क्र्यूका रोभर रेन्जरहरूलाई भनि ती जनावरलाई भोजन गराएको बताउदै क्र्यूका रोभर लिडर कंसाकारले आ- आफ्नो स्थानमा रहेको अलपत्र परेको जनावरहरुलाई सबैले सक्दो भोजन गराउन समेत मन्छिद्र क्र्यूका रोभर लिडर जगत विर सिंह कंसाकारले सवैसंग आग्रह गरेका छन्।

स्वयम्भूनाथ मन्दिर सम्म पुगी अलपत्र परेका कुकुर र बादरलाई भोजन गराउन हिडेका नेपाल स्काउटका रोभर लिडर सञ्जय अधिकारि, रोभर आयुष श्रेष्ठ, विवेक पाण्डे, श्रवण पौडेल लगायतको उपस्थिति रहेको थियो।


