टोखा लाइभ ।कोरोनाका कारण ६ करोड मानिस गरिबीको रेखामुनी जानसक्ने विश्व बैंकले आकलन गरेको छ। बैंकका अध्यक्ष डेभिड मालपासाले कोरोना भाइरसका कारण विश्वका ६ करोड मानिस गरिबीको रेखामुनी जानसक्ने बताएका छन्। मालपासाले कोरोना भाइरस महामारी विश्वका लागि खतरानाक भएको र यसले विनास निमत्याइरहेको भन्दै विश्वका ६ करोडभन्दा बढी मानिसले १ पाउन्डभन्दा कम रकमले दैनिकी चलाउनुपर्ने बताएका हुन्।
‘कोरोना भाइरसले अर्थव्यवस्थालाई ठूलो झट्का दिएको छ, कोरोनाले करोडौंको जिविकोपार्जनमा समस्या मात्रै ल्याएको छैन यसले लाखौंलाई घरबार बिहिन बनाउनुका साथै स्वास्थ्यमा नकरात्मक परिणाम ल्याइरहेको छ,’ मालपासाले भनेका छन्। कोरोनाका कारण लाखौले दुःख पाएको भन्दै कोरोनाको जोखिममा परेका सर्वसाधारणलाई ध्यानमा राखि काम गर्नुपर्ने बताएका छन्।
अमेरिकाको शेयर बजार अन्य देशको तुलनामा उच्च भएपनि गरिब देशका लाखौं सर्वसाधारणले जागिर गुमाएका छन् उनीहरूलाई काम गरेर खाने वातावरणसमेत छैन्। कोरोनाले निमत्याएको विषम परिस्थितिको असर अगाामी १० वर्षसम्म रहने मालपासाले बिबिसीलाई भनेका छन्।

