आशा डंगोल, नेपाली चित्रकला क्षेत्रको लागि कुनै नयॉ नाम हैन। विगत ३ दशक भन्दा बढी भयो वहॉले रंग, ब्रस र क्यानभासंग खेल्न थालेको । हाल पनि निकै सक्रिय रूपमा मौलिक चित्रहरू कोर्दे आउनु भएको आशा डंगोलसंग लकडाउनको समयको सदुपयोग गरी खोजी पसेर टोखा लाइभ डट कमको लागि प्रधान सम्पादक हिक्मत डंगोलले लिएको अन्तवार्ता प्रस्तुत गरिएको छ।
१ “समानान्तर यात्रा “ को कला प्रदर्शनी कस्तो रह्यो? यसको अवस्था कस्तो छ?
• प्रदर्शनी ठिकै रह्यो । हामीलाई वर्तमान स्थिती कस्तो छ भन्ने थाहैं छ ।
२ कोरोनाले प्रदर्शनी बन्द हुँदा के तपाईं यस क्षेत्र देखि निरास हुनु भएको छ?
• हामीले यस्तो प्रतिकूल अवस्थामा पनि प्रदर्शनीको अयोजना गर्दा हामीले के कति चुनौतिहरू सामना गर्नुपर्छ भन्ने हामीलाई थाहा थियो , त्यसैले हामीले निराश महसुश गरेका छैनौं । हामी दुवैले लामो कला यात्रा तय गरेका छौं । यस क्रममा हामीले धेरै आरोह अवरोहहरु पार गरेका छौं ।

३ यस पटकको प्रदर्शनीमा रहेको पेन्टिग तयार गर्न कति समय लाग्यो? • समानान्तर यात्रा प्रदर्शनीमा सन् २००० देखि २०२१ सम्मको कलाकृति संकलन समावेश गरेका छौं ।
४ पेन्टिग बाहेक अन्य क्षेत्रमा पनि काम गर्ने सोच छ कि?
• कला कार्य र कला संसार बाहेक हामी कहिल्यै पनि अन्य काम सम्झँदैनौं ।

५ तपाईंले तयार पारेका चित्रहरू संसारका कुन- कुन मुलुकहरूमा प्रदर्शन भैसकेको छ?
• नेपाल , भारत , अमेरिका , अष्ट्रिया , जापान , श्रीलंका , दुवई , कोरिया , थाइल्यान्ड , फ्रान्स , जर्मनी , भियतनाम , बंगलादेश , मलेसिया , इन्डोनेसिया , चीन र हल्यान्ड ।
६ पेन्टिग गर्न सबै भन्दा अनुकूल समय कुन बेला हुन्छ?
• खासै विशेष समय भन्ने छैन ।
७ जीवनको अनेक योगदानको कदर स्वरूप तपाईंलाई दिइएका असंख्य मान समान्नले भरिभराउ स्टुडियो कोठामा बस्दा तपाईं कतातिर छु जस्तो लाग्छ?
• यो मेरो जिवन हो ।

८ तपाईंको कुन चित्रले बढी चर्चा पाएको थियो?
• भुकम्पपछिको – नयाँ शुरुवात श्रंखला ।
९ कला क्षेत्रमा नलागेको भए के हुन्थ्यो होला?
• खै थाहा भएन ।
१० एउटा सफल चित्रकारमा के कस्ता गुण हुनुपर्छ?
• अनुराग , समर्पण र निरन्तराता।

११ तपाईंलाई मन पर्ने नेपाली कलाकारको नाम लिनु पर्दा?
• शशी शाह , कीरण मानन्धर , रागिनी उपाध्याय र शशिकला तिवारी ।
१२ नेपाल सरकारले कला क्षेत्रलाई कतिको सहयोग गरेको छ?
• अहिले सम्म कुनै सहयोग छैन ।
१३ अहिले कला क्षेत्रमा दम नभएका कलाकारको बढी हालीमुहाली देखिन्छ नि?
• मलाई त्यस्तो लाग्दैन ।

१४ के तपाईंको प्रेम विवाह हो?
• निश्चय पनि हो।
१५ तपाईंलाई मन पर्ने पहिलो व्यक्तित्व को थिइन?
• मेरा गुरुहरु ।
१६ एरिनाको सबै भन्दा मन पर्ने बानी के हो?
• समर्पण ।
१७ एउटै यात्रामा हिडदा दुवैको मन मिलेर प्रेम विवाह गर्नु भएको हो? • हो ।

१८ तपाईंको कला यात्रामा जीवन संगिनी एरिनाले कतिको सहयोग पुर्याई रहेकी छिन ?
• मेरो कला यात्रा पछाडिको प्रमुख व्यक्ति उनी नै हुन् ।
१९ तपाईंले चाहे जस्तो र सोचे जस्तो श्रीमती पाउनु भयो त?
• हजुर पाएँ ।
२० तपाईं र एरिना बीचको रमाईलो प्रेम प्रसंग सुनौं न?
• हामी बिच कुनै प्रेम कहानी छैन ।

२१ तपाईंको अनुभवमा विवाहिता जीवन कला क्षेत्रको लागि राम्रो छ कि अविवाहित जीवन राम्रो?
• यदि हामीले सन्तुलनमा राख्न सक्यौं भने दुवै त्यतिकै राम्रो हुन्छन् ।
२२ वहॉ कतिको फेसनेवल हुनुहुन्छ?
• उनी निकै सामान्य छिन् , अलिकति पनि फेसनेवल छैनन ।

२३ नेपाली कला क्षेत्र सोचे अनुसार माथि उठन सकेको छैन किन?
•सरकारको कला नीति र सहयोग तथा समर्थनको अभाव छ ।
२४ तपाईंको भविष्य यही कला क्षेत्रमा बित्छ कि? अन्यत्रको पनि बाटो हेर्नु भएको छ?
• हो, कला जगतमै मात्र बित्नेछ ।
२५ कलाकारहरू एकोहोरो हुन्छ भन्छन नि?
• यो सरासर गलत हो ।
२६ तपाईंले आफ्नो प्रदर्शनीको नाम parallel journey नै किन राख्नु भएको हो?
• समानान्तर यात्रा हाम्रो निरन्तर कला यात्रा हो , हामी दुवैले सन् १९९४ देखि संगसंगै कला यात्रा गर्दै आएका छौं ।

२७ लकडाउनमा नयॉ योजना के छन्? कसरी बॉच्नु हुन्छ?
• अहिलेको महामारीको परिस्थितीमा परिवारका सम्पूर्ण सदस्यलाई सुरक्षित राख्नु र स्वस्थ वातावरण बनाउनु पहिलो आवश्यकता हो । खासै कुनै विशेष उद्देशय त छैन । तैपनि म मेरो आफ्नै स्वभावलाई प्रयोग गर्दै यस विषम स्थितिमा आधारित केहि सिर्जनात्मक अर्थात कलात्मक कार्य र चित्र बनाउँदै छु।
२८ अन्त्यमा, तपाईंको फ्यानलाई केही सन्देश?
• यस्तो महामारीमा नेपाली कला र कलाकारहरुलाई माया र समर्थन गरिदिन सबैलाई विनम्र अनुरोध गर्दछु ।


