टाेखा लाइभ डट कम /जेठ ४,२०७८ काठमाडौं ।
तारकेश्वर पत्रकार मञ्चको विशेष पहलमा हिजो तारकेश्वरका ३ बालगृह र आश्रममा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । मञ्चका अध्यक्ष पुकार तिमिल्सिनाको पहलकदमीमा आएको राहतलाई मञ्चका महासचिव रामशरण न्यौपाने, सहसचिव हरिराम भेटुवाल र कोषाध्यक्ष सबु बस्नेतको टिमले राहत वितरण गरेका थिए ।
तारकेश्वर १० को शुभकामना चोकमा रहेको एकीकृत सिर्जनशिल समाजमा रहेका ४८ जना बालबालिकाहरु जो १० वर्षे जनयुद्धका क्रममा सहिद र बेपत्ता भएका नागरिकहरुका छोराछोरीहरुका लागि १० बोरा चामल, १ बोरा दाल, १ बक्स तेल र केही सेनिटाइजर र मास्क वितरण गरिएको छ । त्यस्तै तारकेश्वर ६ को सनफ्लावर स्कुल छेउमा रहेको अपाङ्ग सेवा केन्द्रमा २२ जना अपाङ्ग भएको ठाउँमा खानाको अभाव भयो भन्ने समाचार आउने वित्तिकै १० बोरा चामल १ बोरा दाल, आधा बोरा चिनी र केही माक्स, सेनिटाइजर वितरण गरिएको छ । त्यस्तै फुटुङको एक बालगृहमा ५ बोरा चामल लगायतका खाद्य सामाग्री वितरण गरिएको छ ।

तारकेश्वर पत्रकार मञ्चले कोभिडका कारण समस्यामा परेका र कोभिड भई समस्यामा भएका पत्रकारका लागि राहत संकलन गरी वितरण गर्ने योजनाअनुसार नै समस्या भएका पत्रकारका लागि पनि केही राहत वितरण गरेको छ।

तारकेश्वर पत्रकार मञ्चले अब कोभिड–१९ बाट ग्रसित र पिडित पत्रकारहरुका लागि राहत उपलब्ध गराउन तारकेश्वर “कोभिड कोष” बनाउने योजनामा रहेको हुँदा सहयोग गर्न चाहनुहुने महानुभावहरु वा संस्थाहरु छन् भने जानकारी गर्न सक्ने बताउदै उक्त कोषमा रहेको रकमलाई पत्रकार कल्याणकारी कोष बनाई राखिने मञ्चका महासचिव रामशरण न्यौपानेले बताउनुभयो। – फाेटाे सौजन्य:- फरकपत्र डट कमबाट

