टाेखा लाइभ डट कम / बैशाख २४,२०७८
तारकेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष बिदुर सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । वडाअध्यक्ष सापकोटालाई गत १९ गतेबाट ज्वरो कोरोना जस्तै देखिने लक्षण देखिएको र परिक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको थियो ।
वडाअध्यक्ष सापकोटाको स्वास्थ्य अवस्था सामान्य रहेको भएतापनि कमजोरी महशुस भई होम क्वारेन्टाइनमा बसेको सापकोटाले आफुसंग सम्पर्क भएकाहरुलाई सचेत रहन सबैसंग आग्रह गरेका छन ।

