• TOKHA LIVE

    • २१ बैशाख २०७८, मंगलवार ०५:५८

    अर्बपति बिल गेट्स र मेलिन्दा गेट्सको डिभोर्स हुने

    टोखा लाइभ । २०७८ वैशाख २१ गते ।

    एजेंसी । विश्वकै सर्बाधिक धनि मध्येका बिल गेट्सको बिबाह गरेको २७ बर्षपछि मेलिन्दा गेट्ससँग पारपाचुके हुने भएको छ । गेट्स दम्पत्तिको पारपाचुके गर्ने निर्णय बिल गेट्सको भेरीफाई गरिएको ट्विटर एकाउण्टबाट आज सार्वजनिक गरिएको हो । ति दुई दम्पत्तिले सोमबार एक सँयुक्त बिज्ञप्ति प्रकाशित गर्दै भनेका छन् “हाम्रो सम्बन्धमा धेरै सोच बिचार गरेर धेरै समयसम्म सम्झौता गर्दै गर्दै अन्त्यमा बैबाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेका छौं। २७ बर्ष भन्दा लामो हाम्रो सम्बन्धबाट ३ जना सुन्दर सन्तान प्राप्त गर्यौं भने सँसारलाई काम लाग्ने एवम् विश्वमा मानिसलाई स्वस्थ भएर बाँच्न सक्ने संस्थाको स्थापना गरियो । अब जीवनको अर्को पाटोमा सँगसंगै हिंड्न नसकिने देखेर छुट्टीने निर्णयमा पुगेका छौं। “

    बिल गेट्स र मेलिन्दा गेट्सले सन् २००० मा बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसन स्थापना गरेका थिए भने बिल गेट्सले सन् १९७५ मा माईक्रो सफ्टको सह- संस्थापकको रुपमा काम सुरु गरी सन् २००० सम्म माईक्रो सफ्टको प्रमुख कार्यकारीको रुपमा काम गरेका थिए । बिल गेट्ससँग अहिले पनि माईक्रोसफ्टको एक दशमलब ३ प्रतिशत सेयर हिस्सा सुरक्षित छ । फोर्बसका अनुसार बिल गेट्स १ सय ३० अरब अमेरिकी डलरको सम्पत्तिका मालिक छन् । बिल गेट्स ६५ बर्षका भए भने मेलिन्दा गेट्स ५६ बर्षकी भईन् । उनीहरुका २१ वर्षीय एक छोरा, २५ वर्षीया र १८ वर्षीया २ छोरी छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै