• Sanu Raj Dangol

    • १० बैशाख २०७८, शुक्रबार २१:१०

    नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित एकदिवसीय कला लेखन कार्यशाला सम्पन्न

    टाेखालाइभ डट कम/ बैशाख १०

    नेपाल ललितकला प्रज्ञा – प्रतिष्ठान, हस्तकला विभाग र नेपाल ललितकला पत्रकार समाज संयोजनमा आयोजित एकदिवसीय कला लेखन कार्यशालाको आज नेपाल ललितकला प्रज्ञा – प्रतिष्ठान नक्सालस्थित नाफा परिसरमा सम्पन्न भएको छ। ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले एकदिवसीय कला लेखन कार्यशालाको उद्घाटन गर्नुभएको हो। प्रतिष्ठानका कुलपति के के कर्माचार्यले हरेक वर्ष हुने ललितकलाका बारेमा चर्चा गर्दै  जसरी खेलकुद भएन भने नेपाली समाचारमा अपुरो हुन्छ त्यसरी नै कला लेखन बिनाका नेपाली मिडिया अधुरो हुने बताउदै  कला लेखन सार्है महत्त्वपूर्ण बिधा भएकोले जनमानसमा कलाको चेतना जगाउनको लागि कला लेखन क्षेत्रलाई पनि प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।

     

    कार्यक्रममा वास्तु कला तथा अन्य सृजनात्मक कला विभागका प्राज्ञ प्रा. रमेश नाथ खनालले स्वागत मन्तव्य राख्दै कला लेखन स्वयंम आफैमा राम्रो पक्ष भएकोले यो नितान्त आवश्यक छ र लेखन बिधा शसक्त हुनु पर्नेमा उहाँले जोडदिनु भयो।

    कलालाई कसरी हेर्ने, बुझने, पढ्ने र कसरी लेख्ने भन्ने बारेमा  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागद्वारा आयोजित एक दिवसीय कला लेखन कार्यशाला- २०७८ मा प्रस्तुत विभिन्न कला लेखनकर्मीहरुले आ- आफ्ना कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

    समाज र ललितकला- प्रस्तोतामा तेज बिलाश अधिकारीले
    कला के हो? कलाको प्रकार र प्रयोग क्षेत्रको प्रश्न,साहित्य र कलाको सम्बन्ध ,हस्तकला: साहित्य र समाज निर्माणको आधार ,कलामैत्री पाठ्यक्रम र निस्कर्षका बारेमा कार्यपत्र प्रस्तुत गर्नभएको थियोे ।

    कला पत्रकारिताको अन्तर्य- प्रस्तोतामा कलाकार तथा कलालेखक केशवराज खनालले नेपालमा कला पत्रकारिताको इतिहास देखि वर्तमान अवस्था , कला पत्रकारिताका चुनौती ,निराकरणका प्रयास र अबको गन्तव्यको रूपमा नेपाल ललितकला प्रज्ञा – प्रतिष्ठानले बेला बखत कला र पत्रकारका लागि कार्यक्रम गर्ने कलाकारलाई पत्रकारसंग समन्वय गराउने, बहस र कलाका विविध आयामबारे चर्चा परिचर्चा गर्ने गर्दा यो क्षेत्रको लागि फाइदा हुने बताउदै अन्य संघसंस्थाले पनि आफ्ना गतिविधिलाई कला पत्रकारिता र कला लेखन संगसंगै लिएर देशबिदेशमा गरिने कार्यक्रममा अनिवार्य रूपमा कला पत्रकारलाई समावेश गराउने परिपाटीको विकासले कलाका बारेमा पत्रकारलाई अझ मौका मिल्ने हुँदा समग्र कला क्षेत्रलाई नै फाइदा पुग्ने कलाकार तथा कलालेखक केशवराज खनालले कार्यपत्रमा आफ्नो धारणा राख्नुभएको थियो ।

    कलाकृति: कलालेखन- प्रस्तोता: नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले कार्यशालामा कलाका शैलीगत विकास तथा विषयगत पक्षमाथि चर्चा गर्दै थुम्केलीले कार्यपत्रमा कला लेखनमा फर्म (स्वरुप) र सार (विषय) मानवीय संवेग, सिर्जनात्मक अभिव्यक्ति , कलाको ऐतिहासिक ता,उपयोगीतासंग कला , कलाको औद्योगिक युग,कलाकृती मुल्यांकनको आधार र अध्ययन , कलाको आधारभुत सिद्धान्तका बारेमा चर्चा गर्नुभयो । ‘कला दृश्यभाषा र अनुभूतिको भाषा भएकाले यसलाई सबै दर्शक तथा मानिसले सहजै ग्रहण गर्न सक्छन्। कलाले समाज, देश, धर्म, संस्कृति, इतिहास, पुरातत्व, राष्ट्रियता, राजनीति लगायतका विषयलाई चिनाउने भएकाले यसको विशिष्ट भूमिका रहनेमा जोड दिँदै उनले कलाका विषय पनि यिनै वरिपरी रहने धारणा राख्नुभयो ।

    नेपाली हस्तकलाको विबिध स्वरूप- प्रस्तोता: यस सि सुमनले मैथिली कला,सुजनी लोक हस्तकला,लोक मुर्ति हस्तकला,भित्ती चित्र,थारु हस्तकला,विभिन्न जातीय गर गहना कलाका विबिध स्वरूपका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

    त्यस्तै पुस्तक लेखन तथा प्रकाशन- प्रस्तोता: डा. धन प्रसाद सुवेदीले पुस्तक लेखनका चरण ,लेखन प्रक्रिया ,परिस्कार तथा परिमार्जन , पुस्तक प्रकाशन , प्रकाशक , बिमोचनका चरणबद्द प्रक्रियाका बारेमा बिचार प्रस्तुत गरियो।

    प्राज्ञपरिषद सदस्य – विभागीय प्रमुख हस्तकला विभागका प्रा.धर्म राज शाक्यले धन्यवाद सहित हस्तकलाको इतिहास, महत्व,बजार व्यवस्थापन बारे प्रकाश पार्नु भएको थियो।

    नेपाल ललितकला प्रज्ञा – प्रतिष्ठान, हस्तकला विभागद्वारा आयोजित एकदिवसीय कला लेखन कार्यशालामा सहभागी २० जना पत्रकारहरु र कार्यपत्र प्रस्तुत गर्ने ५ जना कलालेखकलाई आयोजकले कदर – पत्र प्रदान गरिएको कार्यक्रममा प्रतिष्ठानका कुलपति के के कर्माचार्य,विभागीय प्रमुख हस्तकला विभागका प्रा.धर्म राज शाक्य,वास्तु कला तथा अन्य सृजनात्मक कला विभागका प्राज्ञ प्रा. रमेश नाथ खनाल,प्रतिष्ठानका मिथिला देवि यादव ,तेज बिलाश अधिकारी,कलालेखक केशवराज खनाल,नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केली,यस सि सुमन, डा. धन प्रसाद सुवेदी र पत्रकार लगायत कला लेखनका प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै