• TOKHA LIVE

    • १४ फाल्गुन २०७७, शुक्रबार १६:१०

    तारकेश्वर-६ मा ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण तथा आँखा शिविर सम्पन्न :-

    टाेखालाइभ डट कम, फाल्गुन १४

    तारकेश्वर नगरपालिका वडा नं. ६ मा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण तथा निशुल्क आँखा शिविर कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ ।

    जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरणसंगसंगै
    स्वास्थ्य शाखाको आयोजनामा सन्चालन भइरहेको जेष्ठ नागरिकहरुको निशुल्क आँखा जाँच तथा प्रयोगशाला परीक्षण कार्यक्रम पनि आजबाट सम्पन्न भएको छ ।

    गत महिनाको माघ १८ गते तारकेश्वर नगरपालिकाको वडा नं १ बाट सुरू भएको कार्यक्रम शुक्रबार वडा नं ६ को ७० बर्ष भन्दा माथिका १८३ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै कार्यक्रम समापन भएको छ।

    तार्केश्वर नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सन्चालन भइरहेको न्यानो कपडा वितरण तथा निशुल्क आँखा शिविर कार्यक्रम करिब एक महिनाको अवधिमा तारकेश्वर नगरपालिकामा सबै सम्पन्न भईसकेको महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख प्रतिमा मिश्रले बताइन् ।

    कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा , वडा नं ६ को वडाध्यक्ष मधु कार्की, स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाह, नगरपालिकाका कर्मचारीहरु, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।फाेटाे: तारकेश्वर अनलाइन

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै