• TOKHA LIVE

    • ११ फाल्गुन २०७७, मंगलवार ०८:३३

    जिल्ला सहकारी संघ तारकेश्वर नगर समिति गठन:-

    टाेखालाइभ डट कम ,फागुन ११

    तारकेश्वर नगरपालिकामा जिल्ला सहकारी संघ तारकेश्वर नगर समिति गठन गरिएको छ ।

    तारकेश्वर नगर समितिको अध्यक्षमा राधाकृष्ण खड्की चयन भएका छन भने उपाध्यक्षमा कमल रिमाल , सचिवमा कबिन्द्र रिमाल , कोषाध्यक्षमा तिर्थ लक्ष्मी मर्हजन रहेका छन । उक्त समितिका सदस्यहरुमा हरि प्रसाद सापकोटा , अनिल भण्डारी ,नबिन डंगोल , ईश्वर तिवारी , रामलाल मर्हजन , अमर मर्हजन , पूर्ण प्रसाद तिमिल्सिना रहेका छन ।

    तारकेश्वर नगरपालिका स्थित नेपालटारको कान्तिपुरी ए बि पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडले काठमाडौं भित्र रहेका १० नगरपालिकाहरूको नगर स्तरीय उपसमितिहरूको गठन गर्ने क्रममा हाल तारकेश्वर नगर समितिको गठन गरिएको जिल्ला सहकारी संघले बताएको छ।

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बि उप्रेती र बिशेष अतिथि काठमाडौंका अध्यक्ष ज्ञ्यान बहादुर तामाङ रहेका थिए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै