लण्डन । बेलायती राजकुमार ह्यारी र मेगना अब मान पदविमुक्त भएका छन् । यसअघि उनीहरूले मानपदवी त्याग गरेको घोषणा गरेका थिए । यद्दपी राजदरवारले यसको औपचारिक निर्णय गरेको थिएन । बेलायती संचारमाध्यमहरुका अनुसार अब महामारीबाट यस बारे निर्णय आएको छ । ह्यारी र मेघन मर्केल अहिले दोस्रो सन्तानलाई जन्मदिने तयारी छन् । उनीहरुले राजदरबार फर्कन अस्विकार गरेका छन् । उनीहरु अमेरिकामा रहने छन् ।
सोहीकारण दरवारले समेत औपचारिक रुपमा मानपदवी फिर्ता लिएको हो । शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेको बताइएको छ । बेलायती राजसंस्थाको इतिहासमा यस्तो घटना पहिलो पटक भएको हो ।
राजकुमार ह्यारीले आफु सर्वसाधारण जस्तै जिन्दगी बिताउने भन्दै दरवार छाड्ने निष्कर्षमा पुगेका हुन् । महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेकी छिन् । राजपरिवारको सदस्यका रूपमा उनीहरूसँग अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका नरहने दरबारको स्पष्टोक्ति छ ।
गत वर्ष मार्चमा ह्यारी र मेगनाले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए ।
उनीहरू अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा रहेका छन् । सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेगनाले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन ।
हलिउड अभिनेत्री मेगनासंगको प्रेम सम्वन्धलाई ह्यारीले बैवाहिक जीवनमा परिणत गरेका हुन् । उनीहरुका अहिले एक छोरा छन् भने अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ ।

