• TOKHA LIVE

    • ८ फाल्गुन २०७७, शनिबार ०९:११

    तारकेश्वर नगरपालिकाका बेरोजगार व्यक्तिहरुको नाम सुचिकरण गर्दै :-

     

    टाेखालाइभ डट कम
    फागुन८ , काठमाडौं ।

    तारकेश्वर नगरपालिकाले नेपाल सरकारको न्यूनतम रोजगारी कार्यक्रममा संलग्न हुन चाहने आफ्ना नगरपालिका मातहतका बेरोजगार नागरिकहरुले आ–आफ्नो वडा कार्यालयमा निवेदन दिन सकिने नगरपालिकाले बताएको छ ।
    नगरपालिकाले आ.व. २०७८/७९ को लागि नगरपालिका भित्रका बेरोजगार व्यक्तिहरुको नाम सुचिकरण पनि गर्ने भएको छ । फागुन महिनाभित्र आ–आफ्नो वडा कार्यालयमा गएर नाम दर्ता गराउन नगर रोजगार साखाले अनुरोध गरेको छ।
    तारकेश्वर नगरपालिकाले यहि फागुन ३ गते सोमबार सुचना प्रकाशित गर्दै नगरपालिका भित्रका सम्पूर्ण सम्पुर्ण बेरोजगारहरुलाई रोजगार कार्यक्रममा सहभागी हुन आग्रह गरेको नगरपालिकाको रोजगार संयोजक प्रतिमा अधिकारीले जानकारी दिइन्।

    तारकेश्वर नगरपालिकाको सूचना :-

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै