टाेखा लाइभ डट कम/ फागुन ७
तारकेश्वर २ स्थित काभ्रेस्थलीमा नयाँ कृषि समूहको भवन शिलान्याश गरिएको छ । प्रदेश सांसद योगेन्द्र संगौलाद्धारा बिनियोजीत ३० लाख रुपैया बराबरको बजेटमा काभ्रेस्थलीका सामुदायीक कृषक समूहको भवन निमार्ण हुने जानकार दिइयो सामुदायीक कृषक भवन निमार्ण पछि कृषि औजार, मल बिऊ राख्नुका साथै कृर्षकले उत्पादन गरेका तरकारी संकलन केन्द्रका रूपमा उक्त भवनलाई प्रयोग गरिनेछ ।
सामुदायीक कृषक भवन निमार्णको लागि करिव ४ आना क्षेत्रफलको जग्गामा निमार्ण हुने सो भवनको शिलान्यास नेकपा ओली समूहका केन्द्रिय सदस्य लेखनाथ फँुयालले गरेका थिए ।
फुँयालकाअनुसार समूले हालसम्म प्रदेश ज्ञान केन्द्रबाट ३ वटा पावर ट्रेलर, ३ वटा बिधुतिय धान चुट्ने मेसीन, प्राप्त गरेको छ । काभ्रेस्थली सामुदायीक कृषक समूहको भवन निमार्ण सम्पन्न भएपछि प्रशासनिक कामका साथै कृषि संकलन केन्द्र, मल बिउँ भण्डार लगायतको कार्यमा सहज हुनेछ।
हाल तारकेश्वर वडा नं २ मा बसोबार गर्ने ६५ जना सदस्यहरु रहेको छ। सामुदायीक कृषक समूहले मासिक रुपमा बचत गरीनुका साथै किसानहरुलाई गाँई पालन, कुखुरापालन, तरकारी खेती लगायतका कार्यमा सहजीकरण गर्दै आइरहेको छ।
कार्यक्रममा तारकेश्वर वडा नं २का अध्यक्षले कृषक समूहका सदस्यहरुले उत्पादन गरेका तरकारी, दुध लगायतका उत्पादनहरुलाई संकलन गरि बजार ब्यवस्थान गरिने वडा २का अध्यक्ष रवीन्द्र के.सीले बताए ।
बटुकहरुद्धारा शान्ति स्वती एवं पूजा आजा सहित गरिएको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष रवीन्द्र के.सी. जनप्रतिनिधिहरु लगायत स्थानीयको बाक्लो उपस्थीती रहेको थियो । फाेटाे: फरकपत्रबाट

