तारकेश्वर नगरपालिका वडा नं. ८ को वडा कार्यालय मनमैजुको डाँडागाउँमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । नगर महिला बालबालिका तथा समाज कल्याण साखाले तारकेश्वरका सबै वडाहरुमा जेष्ठ नागरिकहरुलाई कपडा वितरण गरेको छ।तारकेश्वर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा जेष्ठ नागरिकहरुको लागि निःशुल्क आँखा शिविर तथा प्रयोगशाला परीक्षण कार्यक्रम सम्पन्न भएको हो।भने तिलगंगा आँखा अस्पताल र नेपाल आँखा अस्पतालको सहयोगमा विशेषज्ञहरुबाट आँखा परिक्षणको साथ साथै चस्मा आवश्यक पर्नेहरुका लागि चस्मा वितरण पश्चाात नगर स्वास्थ्य साखाले सुगर र ब्लड प्रेसरको परिक्षण जाच समेत गरेका थिए ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख बोहोराले जेष्ठ नागरिकहरुलााई न्यानो कपडा दिएर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोराले तारकेश्वर नगरपालिका भित्रका जेष्ठ नागरिक र एकल महिलाहरुका लागि स्वास्थ्यमा विशेष कार्यक्रम छिट्टै सञ्चालन गर्न नगरपालिका लागिरहेको बताएका थिए ।
न्यानो कपडा लिन छुटेकाहरुलाई वडा कार्यालयले पछि वितरण गर्ने वडा ८का वडाध्यक्ष मनोज कुमार घिमिरेले बताए। घिमिरेकाअनुसार तारकेश्वर नगरपालिका वडा नंं. ८ भित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरेका सबैले अबदेखि निःशुल्क ल्याव सेवा पाउने जानकारी दिए।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण साखा प्रमुख प्रतिमा मिश्र र नगर स्वास्थ्य साखा प्रमुख बिनोद शाहले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं. ८ का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । फाेटाे: फरकपत्र




