• TOKHA LIVE

    • २९ माघ २०७७, बिहीबार ०९:५५

    १५औं संस्करणको मिस नेवाः फागुन १५ मा हुने

    टोखा लाइभ ।२०७७ माघ २९ गते

    काठमाडौं । नेवार युवतीको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपालको पन्ध्रौं संस्करण यस वर्ष निर्धारित समयभन्दा एक सातापछि हुने भएको छ । सरकारले प्रजातन्त्र दिवसको सन्दर्भमा आयोजना गर्ने कार्यक्रम र आफ्नो कार्यक्रम एकै दिन परेपछि आयोजक नेप्लिज फेसन होमले अन्तिम प्रतिस्पर्धा सरेको जानकारी गराएको छ ।

    फागुन १५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा मिस नेवाः का प्रतिस्पर्धी विभिन्न तालिम, प्रशिक्षणपछि अन्तिम प्रतियोगितामा भिड्ने तयारीमा छन् । नेप्लिज फेसन होमले डेढ दशकदेखि गर्दै आएको प्रतियोगिताको यस संस्करणमा १५ जना युवतीको सहभागिता रहने जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै