• TOKHA LIVE

    • २७ माघ २०७७, मंगलवार १०:०४

    मनमैजु फुटुङमा रहेको पान पराग उद्योगमा आगलागी

    टोखा लाइभ ।माघ २७ गते

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका– ८ स्थित मनमैजु फुटुङमा रहेको एक उद्योगमा भीषण आगलागी भएको छ। ​पानपराग उद्योगमा राति झण्डै साढे १ बजे सुरु भएको आगो अहिले बिहान मात्रै नियन्त्रणमा आएको छ। आगो नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल परिचालन गरिएको थियो। ट्यांकर, दमकलसहित स्थानीय र प्रहरीले आगो निभाएका हुन्।

    नेपाल प्रहरीको बालाजु वृतका प्रहरी निरीक्षक गम्भिरजंग थापाले आगो नियन्त्रणमा आएको जानकारी दिए। पानपराग बनाउने कच्चा पदार्थ र ६ वटा मेसिन जलेर नष्ट भएको छ। क्षतिको यकिन विवरण आइसकेको छैन। अहिले विवरण संकलनको तयारी भइरहेको प्रहरी निरीक्षक थापाले बताए। उद्योगमा काम गर्ने कर्मचारीका अनुसार आगो विद्युत सर्ट भएर लागेको हो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै