टाेखालाइभ डट कम
माघ २६, काठमाडौं /आर्ट क्लब नेपालको आयोजनामा काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपालका चर्चित कलाकार नर बहादुर बि केको Art fair spring series एकल कला प्रदर्शनी सुरु भइ रहेको छ। कलाकार बि केको माघ १७ देखि माघ २८ सम्म हुने एकल प्रदर्शनीमा कलाकारले ‘ paintings all mountains’ नामक शिर्षकमा नेपालमा रहेका हिमालहरुलाई क्यानभासमा दुरुस्तै उतारेका छन् । नेपालमा रहेका मनमोहक हिमालहरुको आकर्षक ४८ पेन्टिङहरु प्रदर्शनी तथा बिक्रीमा राखिएको कलाकार नर बहादुर बि केले बताउनुभयो ।

प्रदर्शनी मा न्युनतम रु ७ हजार देखी ३० हजार सम्मका पेन्टिङहरुको मुल्य राखिएको बताउदै बि केले नेपालमा कलाको महत्त्व रहेकोले कलालाई टेवा पुर्याउने उद्देश्यले न्युनतम शुल्कमा प्रदर्शनी गरिएको कलाकार नर बहादुर बि केले बताउनुभयो ।


