• TOKHA LIVE

    • २६ माघ २०७७, सोमबार ०६:०९

    सुईरे चौरमा डान्स पार्टीको स्वाद

    टोखा लाइभ ।माघ २६, २०७७

    • हिक्मत डंगोल

    बाहिर चिसो न चिसो सिरेटो चलिरहेको छ।कान्छीनाना चिया पकाउनमा व्यस्त छिन।चौरमा जोडिएको जस्ताले छाएको उनको घर त के सिंगै सुईरे चौरलाई चिसो पवनले हल्लाईरहेको छ।नुवाकोटको छहरे वस्तीलाई तुवालोले नदेखिने गरी छोपिएको छ।

    कान्छीनानाको चिया पसल आज भरिभराउ छ, कारण जोरपाटी स्थित जय कलेजका विधार्थीहरूको पदयात्रका कारण मान्छेहरू आईरहेका थिए।५/६ वटा स- साना घर भएको २१०० मिटर उचाइमा अवस्थित सुईरे चौरमा छात्र- छात्राहरू आँगनभरि उफ्रिदै , नाच्दै र जोशीला पाराले गीत गाउदैछन- “ओ साथी रे..,..” आफ्नै घर आँगनमा भएको रमझमले कान्छीनानालाई त्यति आकर्षित गर्न सकेको छैन।अरूबेला सरदर ७/८ हजार हुने कान्छी नानाको व्यापार बढेको छ।सानो होटल चलाईरहेकी उनले भनिन- “ ५ वर्ष मात्र भयो यहॉ मान्छे आउन थालेको।अहिले सिजन भएकोले पर्यटकहरू पनि आएका छन्।आउने बितिक्कै फर्कने धेरै हुन्छन।” सूर्य चौरमा तातो चिया धेरै बिक्छ कि चिसो चिया ? लामो हॉसो पछि उनले भनिन- “धेरैले रक्सी नै मनपराउँछन।तर चिया पिउने पनि कम चॉहि हुदैन।”

    यता वरिष्ठ पत्रकार कुमार रंजित चिसो भएकोले जीउ तताउन तातो चिया अर्डर गर्दे थिए भन्ने अर्को मित्र टोखा केबका सन्चालक मनिराज डंगोल पाहुनाहरूलाई सत्कार गर्नमा दौड़धूप गर्दे थिए।कस्तो अनुभूति गर्नु भएको छ भन्ने प्रश्नको जवाफमा मनिराजल् भन्ने- “ शहरको धूलो खाँदै सधै एकनासको जीवन व्यतीत गर्नु भन्दा त कहिलेकॉही नयॉ जनजीवन , स्वच्छ हावापानी तथा प्रकृतिको अवलोकन गर्न हामीले सिक्नुपर्छ।कतिपय हामी तास खेलेर र सुतेर समय विताउने बानी छ अब त्यो समय प्रयोग गर्ने बेला आएको छ।”


    Facebook Comments

    छुटाउनुभयो कि? सबै