एजेन्सी / मस्कको कथा लाखौं युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन् जो आफ्नो मेहनत र परिश्रममा अरु भन्दा बिल्कुलै अलग गर्ने सोचमा हुन्छन् । मस्क ३० वर्षको उमेरमा नै रकेट किन्न रुस पुगेका थिए । रुसीहरूले उनको मनसायको कदर गरेनन् । रकेटबाट मुसा र केही विरुवाहरुलाई मंगल ग्रह पठाउने मस्कको सपना थियो । जब दोस्रो पटक पनि मस्कलाई रुसीहरुले खाली हात फर्काइदिए तब मस्कको मनमा आफै रकेट बनाउने बिचार आयो, र यहीबाट स्पेसएक्स कम्पनीको बिधिगत रूपमा सुरूवात भयो ।तर हरेक चरणमा अवरोधहरू आइरहे ती चुनौतीलाई उनले अवसर ,प्रविधि विकास र धेरै उद्यमहरूलाई टेक्नोलोजीमा बदले पछि उनले कहिल्यै पनि पछाडी फर्कनु परेन।
टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्क विश्वको सबैभन्दा धनी भएपछि उच्च स्थानमा पुगेका छन् ।
विश्वका लागि, २०२० जे जस्तो भएपनि एलन मस्कको लागि गत १२ महिना शानदार रहेको थियो । गत बर्षमा मस्कको सम्पत्ति १५० अर्ब डलरभन्दा बढीले बढेको छ, सम्भवतः यो इतिहासमै सम्पत्ति वृद्धिको सबैभन्दा तेज गति हो । टेस्लाको यसमा ठूलो योगदान छ, जसको सेयर गत एक वर्षमा ७४३ प्रतिशतले वृद्धि भएको छ । यदि बेजोसको सम्बन्ध विच्छेद नभएको भए उनी मस्क भन्दा धेरै अगाडि हुने थिए । सम्बन्ध विच्छेद पछि, बेजोसलेले आफ्नो पूर्व श्रीमती म्याकेन्जी स्कटलाई आफ्नो सम्पत्तिको एक ठूलो अंश दिए र दिल खोलेर दान पनि गरे । उनले गत वर्ष नोभेम्बरमा ६८ करोड डलर सेयर दान गरेका थिए ।
एलन मस्कका आफ्ना अाँखा अगाडीका ठुलाठूला सपना र अटुट साहसले एकपची अर्को गर्दै सफलता
ठूलो सपना र अटुट साहसले गर्दा धन सम्पतिले उनको कदम चुम्दै गयो । त्यो पनि एक दिन थियो जब उनले सरसफाइको काम पाएका थिए जसको वापत उनलाई प्रति घण्टा १८ डलर प्राप्त हुन्थ्यो । आज उनी प्रतिघण्टा १४० करोड रुपैंया कमाउँछन् ।एक दिन त्यस्तो पनि समयब आयो जब मस्क ४९ वर्षको उमेरमा सम्पूर्ण विश्वको सबैभन्दा धनी मानिस भए ।

