टाेखालाइभ डट कम/ माघ २०, २०७७
ज्येष्ठ नागरिकहरुलाई तारकेश्वर नगरपालिका वडा नं १मा
जाडोको लागि न्यानो कपडा बितरण गरेको छ।तारकेश्वर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा वडा नं १ का ७० बर्ष भन्दा माथिका करिब १ सय ६७ जना जेष्ठ नागरिकहरुलाई जाडोको लागि
न्यानो कपडा वितरण गरिएको तारकेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष बिदुर सापकोटाले जानकारी गराए।
ज्येष्ठ नागरिकहरुले जाडोको लागि न्यानो कपडा ग्रहण गरे पछि न्यानो कपडा पाउँदा ज्येष्ठ नागरिकहरुले तारकेश्वर नगरपालिका तथा महिला बालबालिका तथा समाजकल्याणलाई धन्यवाद दिदै खुसी ब्यक्त गरेका थिए।कार्यक्रममा उपस्थित हुन नसक्ने ज्येष्ठ नागरिकलाई घरमा नै पुगेर सामाग्री वितरण गर्ने योजना रहेको बताउदै
ज्येष्ठ नागरिकहरु लाइ सम्मान गर्दै उनीहरुमा खुसी थपियोस र चिसोमा न्यानोको अनुभूति हुन सकोस भनेर यस्तो खालको कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष बिदुर सापकोटाले जानकारी गराए।
फोटो :तारकेश्वर अनलाइन

