टाेखालाइभ डट कम/असार ३२,२०७९
काठमाडौँ–प्रवासी नेपाली मंच बहराईनको तेस्रो राष्ट्रिय अधिबेशन-२०२२ सम्पन्न भएको छ। प्रतिनीधि सभाका माननीय सभासद एवं पुर्व उद्योग मन्त्री महेश बस्नेतको प्रमुख अतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटीको बहराईन ईन्टरनेशनल होटेल मनामा ( गोल्ड सिटि अगाडि )सम्पन्न ‘तेश्रो राष्ट्रिय अधिबेशन’बाट सर्वसम्मत रुपमा अध्यक्षमा हरी श्रेष्ठ चयन भएको थियो ।
त्यस्तै उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, सचिवमा अमर श्रेष्ठ, आर्थिक विभाग प्रमुखमा लक्ष्मी क्षेत्री, महिला विभाग प्रमुखमा संगिता दाहाल खत्री, प्रचार विभाग प्रमुखमा विरेन्द्र वुढाथोकी र यूवा विभागमा थोमस कुलुङलगायत सर्वसम्मत चुनिएको थियो ।त्यसै गरि प्रवासी नेपाली मञ्च बहराईनका सम्पूर्ण संगठन सदस्य , बहराईनमा स्थापित विभिन्न बैचारिक, सामाजिक एबं क्षेत्रीय संघ संस्थाका प्रतिनिधि तथा सदस्य ,पत्रकार साथै बहराईनमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

