बहराईन,प्रवासी नेपाली मञ्च बहराईनले टर्कि भुकम्प पिडितहरुको लागि संकलन गरेको ब्ल्याङ्केटहरु एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।प्रवासी नेपाली मञ्चका मध्यपुर्व संयोजक शालीग्राम पन्तले आफुहरुको सानो सहयोगले कसैको केहि चिसा रातहरु मात्रै पनि न्यानो बनाउन सकियोभनेपनि हामीलाई उनीहरुको आशिर्वाद र मनमा खुशी मिल्छ भन्ने आशाले उक्त सहयोग गरेको बताए । पन्तले आफुहरुलाई ५६ वटा ब्ल्याङ्केटहरु र ६८९ बि.डि. सहयोगको रुपमा प्राप्त भएको जनाउदै प्राप्त रकमले एउटा ब्ल्याङ्केट बराबर ४.३ बि.डि. को दरले ७७४ बि.डि. को १८० थान ब्ल्याङ्केटहरु खरिद गरि जम्मा २२१ वटा ब्ल्याङ्केटहरु खरिद गरि हस्तांतरण गरेको बताए । मंचले २२१ ब्ल्याङ्केटहरुमध्ये ५१ थान ब्ल्याङ्केटहरु सिरिया दुतावासमा र १७० वटा ब्ल्याङ्केटहरु टुर्किय दुतावासमा हस्तान्तरण गरेको छ ।
हस्तान्तरणको लागि उपस्थित भएका नेपाली दुतावासका प्रतिनिधी शकील मोहमद, प्रवासी नेपाली मञ्चका मध्यपुर्व संयोजक शालीग्राम पन्त , प्रवासी नेपाली मञ्च बहराइनका सचिव अमर श्रेष्ठ लगायत गैर आवासीय नेपाली संघका सन्त कुमार न्यौपाने र संगिता दाहाल, नेप्लिज वेलफेयर सोसाइटीका हिमाल घिमिरे, रामु काफ्ले र जिफन्ट सपोर्ट ग्रुपका थोमस कुलुङ्लाई मंचले धेरै धेरै धन्यवाद ब्यक्त गरेको छ । सहयोग प्रदान गर्दा टुर्किय दुतावासका राहत संयोजक र सिरियन दुतावासका राहत संयोजकले सहयोगि मनहरु सम्पूर्ण नेपालीहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गरेका छन। मन खोलेर सहयोग गर्ने सम्पूर्ण सहयोगि संघ-संस्था, संगठन एवम् नेपाली दिदिबहिनी तथा दाजुभाईहरुलाई साथै यस कार्यका लागि समन्वय गर्ने नेपाली राजदुतावास परिवारलाई पनि प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटी बहराईनले हार्दिक आभार ब्यक्त गरेको छ ।- जनसवाल डट कमवाट
photo/Amar Shrestha, Baharain


