TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • ‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित November 15, 2026
  • खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान November 14, 2026
  • एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए November 13, 2026
  • लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा  November 13, 2026
  • सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो November 13, 2026

एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

  • Avatar photo

    TOKHA LIVE

  • July 24, 2025
एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टेक्सस (अमेरिका), ८ साउन : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक÷एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन कार्यक्रमअनुसार यही जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनिएको थियो । आयोगका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परे पनि केही पदमा एकभन्दा बढी उम्मेदवारी परेको थियो । सङ्घका अगुवाहरुले नयाँ नेतृत्व सर्वसम्मत बनाउन प्रयास गरेपछि सबै पदाधिकारी सदस्यहरु निर्विरोध निर्वाचित भएको आयोगले बुधबार जनाएको छ । निर्वाचन आयोगका अनुसार अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा क्रमशः दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ, थलविर ओली, महिला उपाध्यक्षमा शान्ति पौड्याल, युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल चयन हुनुभएको छ । त्यसैगरी राष्ट्रिय समन्वय परिषद्को महासचिवमा रामचन्द्र पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा सङ्गीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुङ्गाना र सहकोषाध्यक्षमा मनोजकुमार ठगुन्ना, महिला संयोजकमा सावित्रा सिवाकोटी, युवा संयोजकमा आशिष सङ्ग्रौला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी)सँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार जुलाई महिनाभित्र निर्वाचन गराउनुपर्ने सन्दर्भमा विवाद उत्पन्न भएपछि आइसिसीले एनसिसी अमेरिकाको निर्वाचन गराउन विशेष निर्वाचन समिति गठन गरेको थियो । वासु फुलाराको नेतृत्वमा रहेको अर्को पक्षीय निर्वाचन आयोगले भने आगामी अगस्ट १७ र १८ तारिखमा निर्वाचन मिति घोषणा गरेको छ । सङ्घ अमेरिकाको कानुनी संरचनाअनुसार सामाजिक संस्था स्वरूपमा दर्ता भएकाले आइसिीससँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशन बाध्यकारी नभएको जनाउँदै उक्त पक्षले छुट्टै निर्वाचन प्रक्रियाको तयारी गरेको हो । यसरी दुई पक्षीय मतभेदका कारण गैरआवासीय नेपाली सङ्घ अमेरिकाको निर्वाचन छुट्टाछुट्टै मितिमा हुन लागेको छ । आइसिसीको विवाद र गुटबन्दीको असर एनसिसी अमेरिकाको निर्वाचन प्रक्रियामा समेत स्पष्ट रूपमा देखिएको छ ।- रासस

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

November 15, 2026
खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

November 14, 2026
एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

November 13, 2026
लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

November 13, 2026
सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

November 13, 2026
‘रामायण’ ले नेपालमा कति कमायो ?

‘रामायण’ ले नेपालमा कति कमायो ?

November 13, 2026
  • छुटाउनुभयो कि? सबै
    ‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

    ‘‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोल सम्मानित

    खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

    खानेपानीको मुहान संरक्षणका लागि राधाकृष्ण श्रेष्ठद्वारा एक रोपनी जग्गा दान

    एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

    एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

    लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

    लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol