• TOKHA LIVE

    • ४ फाल्गुन २०७७, मंगलवार १९:३६

    कोरियामा २३ वर्षयताकै धेरैको रोजगारी गुम्यो, साढे ६ हजार नेपाली रोजगारीमा फर्किन पाएनन्

    सोल । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।

    यहाँको एक सरकारी तथ्याङ्क अनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार हुनेको सङ्ख्या सन् १९९८ मा भएको एशियन वित्तीय सङ्कटपछिको पहिलो हो ।

    कोभिड–१९ का कारण सरकारले पारेको कडा सामाजिक दूरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबैभन्दा बढी छन् ।
    त्यसैगरी होटेल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जनस्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन् । कोरोना महामारीकै कारण हालसम्म रोजगारी गुमाउनेको संख्या २५.८ मिलियन छ ।

    हालसम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको संख्या ८ लाख ९८ हजार छ भने आंशिक समय काम गर्ने ५ लाख ६३ हजारले रोजगारी गुमाएका छन् ।

    त्यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने २ लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वरोजगार १ लाख ५८ हजारले रोजगारी गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ ।
    जानकारहरु कोरियामा यति धेरै रोजगारी गुम्नु भनेको नेपाली कामदारलाई पनि अप्रत्यक्षरुपमा असर पर्ने बताउँछन् ।
    कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार ६ हजार ५०० बढी छन् । नयाँ श्रम सम्झौता र इपीएसको परीक्षासमेत हुन सकेको छैन ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै