• TOKHA LIVE

    • ४ माघ २०७७, आईतवार २०:०७

    टाेखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी कप फुटबल हुने:-

    टाेखा लाइभ / माघ ४

    एस.डी नाइन्टी नाइट स्पोर्टस कर्नरको आयोजनामा टाेखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता टाेखाको भुटखेल मैदानमा सोमबारदेखि शुरु हुने भएको छ । प्रतियोगितामा टोखा नगरपालिकाका ७ वटा वडाका टिमले प्रतिस्पर्धा गर्ने छन् । वडा नम्बर ३ मा रहेको भूतखेल मैदानमा सात दिनसम्म चल्ने प्रतियोगितामा वडा नम्बर सात र वडानम्बर ६ काबीचमा उद्घाटन खेल हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा कर्नरका अध्यक्ष सुशन दुलालले जानकारी दिए । सात टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा वडा नम्बर ३, ६ र ७ रहेका छन् । यसैगरी समूह ‘बी’मा वडा नम्बर १, २, ४ र ८ रहेका छन् । गजराज जोशी ट्रस्ट र हेडलाइन्स स्पोर्टस क्याफे प्रायोजक रहेका छन् भने विशेष सहयोगकीको रुपमा बी डिभिजन लिगमा रहेका भगबती क्लब रहेको छ ।
    प्रतियोगिताको विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेताले ३५ हजार पाउने छन् । यसैगरी विधागत उत्कृष्ट पाँच खेलाडीले जनही ५ हजार पाउने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । गजराज जोशी ट्रस्टका अध्यक्ष मनिष  जोशीले कोभिडको महमारीमा पनि खेलकुदलाई चलायमान गराउने उद्देश्यले युवाहरु लक्षित फुटबल प्रतियोगिता गर्न लागेको जानकारी  दिए । यसैगरी टाेखा नगरपालिका वडा  २ का अध्यक्ष दीपकराज जोशीले प्रतियोगितामा टोखा नगरपालिकाको पनि सहयोग रहने प्रष्ट पारे । टोखालाई चिनाउनका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण हुने भन्दै आगामी दिनमा स्थानीय खेलाडी उत्पादन गर्न पनि सहयोग हुनेमा अध्यक्ष दीपकराज जोशीले बिश्वास व्यक्त गर्नुभयो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै