टाेखा लाइभ / माघ ४,२०७७
टोखा नगरपालिका वडा नंं ५ मा जेष्ठ नागरिक, एकल महिला र अपाङ्ग भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सप्पन्न भएको छ । टोखा नगरपालिका वडा नंं ५को कार्यालयमा भएको कार्यक्रममा १८०जना जेष्ठ नागरिक, एकल महिला र अपाङ्ग भएका व्यक्तिहरुलाई कोरिएन फाइबरको सिरक वितरण गरिएको छ । न्यानो कपडा वितरण कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, वडा नं. ५ का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कोरिएन फाइबरको सिरक र न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारीले २०५१ सालबाट मनमोहन अधिकारीले सुरुवात गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई अहिलेको कम्युनिस्ट सरकारले पनि बढावा दिएर निरन्तरता दिँदै आएको छ । अझै अहिले एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सम्मान गर्न थालेको छ । अधिकारीले जेष्ठ नागरिक, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्न कम्युनिस्ट सरकार जिम्मेवार रहेको बताउनुभयो ।
टोखा नगरपालिका वडा नं. ५ले आयोजना गरेको र महिला तथा बालबालिका नगर साखाले व्यवस्थापन गरेको कार्यक्रमको वडा स्तरीय बजेट ३ लाखबाट जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।

टोखा नगरपालिका वडा नं. ५का अध्यक्ष जग्गनाथ ढकालले जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुको अनुहारमा खुशी ल्याउन स्थानीय सरकार आएपछि वर्षै पिच्छे टोखा वडा नं. ५ ले जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्दै आएको बताउदै यस कार्यक्रमले पछिल्ला पिढीले पनि सम्मान गर्नूपर्छ भन्ने सन्देश दिनका लागि पनि आफुले यस्ता कार्यक्रमलाई बाँकी कार्यकालमा पनि निरन्तरता दिने बताउनुभयो ।

