प्रदेश सांसद् दिपक निरौलाको प्रमुख आतिथ्यमा भएको छलफलमा वरिष्ठ प्राविधिकसहितको विज्ञहरु, प्रधानमन्त्रीका सचिवालय सदस्य सचिवसहितको डिपिआर सर्वे टोली, टोखा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमायाँ डंगोल, बुढानिलकण्ठ नगर प्रमुख उद्धब खरेल, उपप्रमुख र तारकेश्वर नगरपालिकाको नगरप्रमुख रामेश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल धितालसहित स्थानीय जनप्रतिनिधि र सरोकारवाला बुद्धिजिवीहरुको उपस्थितिमा छलफल भएको बुझिएको छ ।
प्रदेस सांसद् दिपक निरौलाकानअनुसार अब छिट्टै नै बुढानिलकण्ठको चुनीखेलदेखी टोखा चण्डेश्वरी हुँदै तारकेश्वरको काभ्रेस्थलीबाट तिनपिप्लेसम्म काँठे चक्रपथ सडकखण्ड निर्माण गर्नका लागि डिपिआर तयार भएको हुँदा अब छिट्टै बागमती प्रदेस सरकाको योजनामा काम सुरु हुने बताउनुभएको छ ।




