• TOKHA LIVE

    • २९ पुष २०७७, बुधबार १७:२२

    महिलाहरूको पाठेघरको मुखको क्यान्सर( VIA) तालीमको उद्घाटन गर्दै टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोल

    टाेखा लाइभ / पुस २९ ,२०७७

    टाेखा नगरपालिकाको आयोजनामा टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलको प्रमुख आतिथ्यमा आज टाेखा नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई पाठेघरको मुखको क्यान्सर( VIA)स्क्रीनिङ्ग ३ दिने तालिमको उद्घाटन गर्नुभएको छ।

    पाठेघरको मुखको क्यान्सर( VIA)स्क्रीनिङ्ग ३ दिने तालिमको आयोजक टाेखा नगरपालिकाको ब्यबस्थापन , राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुको सहकार्य र किर्तिपुर अस्पतालको प्राबिधिक सहयोगमा किर्तिपुर अस्पतालमा आज देखि शुरुभएको हो । पाठेघरको मुखको क्यान्सर VIA स्क्रीनिङ्ग तालिममा टाेखा नगरपालिकाका १० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियोे ।

    टाेखा स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले आगामी दिनमा हाम्रो सहकार्य दिगो रहने छ र यस किसिमको कार्यक्रमले टाेखा नगरपालिकाको स्वास्थ्य शाखामा सकारात्मक प्रभाव पर्नेछ भन्ने आशा रहेको बताउदै टाेखा नगरपालिकासंग सहकार्य गर्ने किर्तिपुर अस्पताल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र लाई टाेखा नगरपालिका र स्वास्थ्य शाखाको तर्फबाट सबैमा धन्यवाद व्यक्त गर्नुभयो।

    तालिमका प्रशिक्षक डा.पेरु प्रधानले सरकारले नै यो क्यान्सर रोगको उन्मुलन गर्ने उदेश्य राखेको बताउदै यो ३ दिनमा VIA(Visual Inspection with Acetic Acid) कसरी गर्ने ? यो गरिसके पछि पोजिटिभ आयो भने के गर्ने ?कसरी उपचार गर्ने?कसरी पन्चर गर्ने ? कसरी रिफर गर्ने? रिफर गर्दा रिफर सेन्टरमा कस्तो उपचार हुन्छ भन्ने सबै महिलाहरूलाई भन्दिनु भयो भने यस सर्भाइकल क्यान्सरबाट मृत्यु हुने महिलाहरूलाई रोक्न सक्छौं ताकि सर्भाइकल क्यान्सरबाट मृत्यु नहोस् भन्नुभयो।

    टाेखा नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश आचार्यले खास गरि राज्यले स्वास्थ्यलाई एउटा आधारभुट स्वस्थ्य सेवालाई संविधानले मौलिकहकको रूपमा ग्यारेन्टी गरेको बताउदै यो ग्यारेन्टी गरेको विषयमा रहेर विस्वभरि महिला बढी भएको कारण र महिलाहरुलाई पाठेघरको मुख क्यान्सर हुने भएकोले विकासोन्मुख मुलुकमा साह्रै ठुलो समस्याको रूपमा रहेको यस्लाइ न्यूनीकरण गर्न सक्यौं भने राज्य एउटा आधारभुट स्वस्थ्यसेवालाई स्तरोन्मुख गरि अगाडि बढाउने यो एउटा महत्त्वपूर्ण बिषय भएकोले टाेखा नगरपालिकाले यस्तो तालीम आयोजना गरेको बताउनु भयो।

    कार्यक्रमका प्रमुख अतिथि टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले कार्यक्रमको समापन गर्दै टाेखा नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई यो ३ दिने तालिम लिइसके पश्चात् तत्काल शिविर राख्ने बताउदै ती शिविरबाट टाेखा नगरपालिका भरिका महिला दिदीबहिनीहरुको पाठेघर मुखको क्यान्सर स्क्रीनिङ्ग गराउने छौं र त्यही अनुसारको उपचारमा लाग्नेछौं भन्दै तालिम मा सहभागी स्वास्थ्यकर्मीहरुलाई नगर उपप्रमुख ज्ञानमाया डंगोलले अनुरोध गर्नुभयो ।

     

    कार्यक्रमका संञ्चालक समेत रहेका टाेखा स्वास्थ्य शाखाका बसन्त गैरेले नगरपालिका भरिमा नै यस्तो किसिमको पाठेघरको मुखको क्यान्सर( VIA) स्क्रीनिङ्ग तालिम संञ्चालन गर्ने टाेखा नगरपालिका पहिलो भएको दाबी गर्नुभयो।

    कार्यक्रममा टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोल , टाेखा नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश आचार्य ,टाेखा स्वास्थ्य शाखा प्रमुख रणलाल कुलाल,टाेखा नर्सिङ अधिकृत झुमा मैनाली , ,टाेखा स्वास्थ्य शाखा कर्मचारीहरु काेष बगाले ,वसन्त गैरे, डा.पेरु प्रधान , डा.सोना श्रेष्ठ डा.सिर्जना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।

    विकसित देशहरुमा दशकांै देखि सरकारले नै महिलाहरुको नियमित पाठेघरको मुखको जाँच कार्यन्वयन गरेको पाइन्छ । जवकि हाम्रो देशमा एक त स्वास्थ्य परिक्षण जाच शुल्क एकदमै महंगो छ साथै हाम्रो मानसिकता पनि बिरामी नभैकन नजँचाउने भन्ने छ । शरिरमा हुने लगभग सबै प्रकारका क्यान्सर लागि सकेपछि मात्र थाहा पाउन सकिन्छ तर यो पाठेघरको मुखको क्यान्सर भने हामीले एउटा साधारण परिक्षण गरेमा लाग्नु भन्दा १० देखि १५ वर्ष अगाडि नै थाहा पाउन सकिन्छ । तर बिडम्वना हामी यही जाँच गराउन पछि परीरहेका छौ ।

    डा.हरुका अनुसार पाठेघरको मुखको क्यान्सर के हो?
    पाठेघरको मुखको क्यान्सर (CERVIX CANCER) भनेको उक्त अंगमा अनियन्त्रित कोषिकाहरुको बृद्धि हो । जुुन साधारण उपचारले फेरी फर्कन सक्छ र अरु अंगहरुमा पनि सर्न सक्छ ।

    VIA (Visual Inspection with Acetic Acid) जाँच के हो ?
    VIA अर्थात 5% Acetic Acid दलेर आंखाले गर्ने परिक्षण हो । यो एकदमै सरल जांच हो । यो जाँच ३ देखी ५ मिनेटमा गरी सकिन्छ ।
    दुख्दैन खाली यो अमिलो झोल भएकोले कसै कसैलाई सामान्य चह्याएको महसुस हुन सक्छ र यसको अरु कुनै Side effect हुदैन ।
    VIA गराउनु पहिले के के कुरामा ध्यान दिनु पर्छ ?
    सामान्यतया VIA सवै दिन गर्न सकिने एउटा सरल जांच हो ।
    महिनावारी हुँदा समेत सामान्यतया कम रगत वगेको दिनहरुमा पनि VIA गर्न सकिन्छ ।
    VIA ले कसरी पत्ता लगाइन्छ ?
    पाठेघरको मुखमा भाइरस संक्रमण शुरु भएपछी त्यसले बिस्तारै कोषिकाहरुमा परिवर्तन ल्याउन थाल्छ । जव Acetic Acid ती कोषिकामा पर्छन् तिनिहरु सेतो टाटाका रुपमा देखापर्दछ । जसलाई रोग लाग्न सक्ने संभावनाको रुपमा लिइन्छ । सेतो टाटा देखिएकाहरुमा निक्र्यौल गर्न Colposcopy गरीन्छ ।
    VIA Positive देखिए पछि के गर्ने ?
    यो VIA Positive देखिएका महिलालाई अर्को बिशेष प्रकारको जांचको लागि बोलाइन्छ । जसलाई Colposcopy Examination भनिन्छ ।
    Colposcopy Examination भनेको के हो ?
    यो एक प्रकारको दुरबिन हो । जसको मद्दतले पाठेघरको मुखलाई ठुलो बनाई जाँच गर्न सकिन्छ । अघि VIA गर्दा देखिएका दागलाई यसले प्रष्ट र ठुलो वनाएर देखाउछ र संक्रमण देखिएमा त्यही बेला एकदमै सानो टुक्रा मासु, सेतो टाटा देखिएको भाग वाट निकालेर निक्र्योल गर्न (Cervix Biopsy) जाँचको लागि पठाइन्छ ।
    Cervix Biopsy भनेको के हो ?
    यो मासुको जाँचवाट हामीलाई संक्रमणको निक्र्योल दिइन्छ । यसले क्यान्सर हुने सम्ंभावनालाई पहिल्याउछ । Biopsy निकाल्दा केही तानिएको र हल्का दुखाई महशुस हुन सक्छ । यो गरीसके पछि सानो कपासको टुक्रा मासु निकालिएको ठाउवाट रगत नबगोस भनेर त्यही टासेर राखिन्छ । जुन १/२ घण्टापछी आफै निकाल्न मिल्छ र सामान्यतया १ हप्ता सम्म श्रीमानसंग शारिरीक सम्पर्क नराख्न सल्लाह दिइन्छ ।
    पाठेघरको जाँच (Pelvic Examination) के हो ?
    तल्लो पेटमा भएको पाठेघर, अण्डासय Fallopian Tubes, मुत्र थैली आदिको वच्चा पाउने ठाउमा जाच गरीन्छ । यसमा Speculum भन्ने सानो औजार हालेर Cervix अर्थात पाठेघरको मुख हेरीन्छ र यही समयमा VIA र Colposcopy साथै चाहिएको खण्डमा Biospy गर्न मिल्छ ।
    कसलाई गराउने ?
    कुनै Gynecologists अथवा तालिमप्राप्त नर्सवाट VIA test गर्न सकिन्छ ।
    कसले नियमित जाँच गराउनु पर्छ ?
    कुनै पनि २१ वर्ष पुगेका महिला जसको यौन सम्पर्क शुरु भैसकेको ३ वर्ष भन्दा बढी भएकोछ उनीहरुले यो जाँच नियमित रुपमा गराउनु पर्छ ।
    महिनावारी सुकिसकेका महिला तथा क्यान्सर हुने संभावना भएर अपरेशन गरेका महिलाहरुले पनि जाँच गर्नुपर्दछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै