• TOKHA LIVE

    • २८ पुष २०७७, मंगलवार १३:५२

    टाेखा नगर उपप्रमुख डंगोलकी आमाको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग:-

    टाेखा लाइभ / पुस २८,२०७७ काठमाडौं

    टाेखा नगर उपप्रमुख  ज्ञानमाया डंगोलकी आमाको जन्मदिनको अवसरमा काठमाडौं महानगरपालिका वडा नंं. २९ स्थित मानव सेवा आश्रम सामाखुसी र मानव कल्याण समाज ( सेवा घर) बनेपाको काभ्रेपलाञ्चाेक धुलिखेलमा आश्रमलाई खाद्यान्न सहयोग प्रदान गर्नुभएको छ।

     

     

    टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलकी आमाको ८१ औं जन्मदिनको अवसरमा पारेर मानव सेवा आश्रमलाई दाल १ बोरा, चामल ५ बोरा , तेल १ बाकस , नुन २५ केजि र मस्यौदा ५ किलो सहयोग प्रदान गरेका हुन् । ८१ औं जन्मदिनको अवसर पारेर वृद्धाश्रममा आयोजित कार्यक्रममा उनले आमा चैतमाया डंगोलको नामबाट वृद्धाश्रमका संञ्चालक सुमन बर्तौलालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

     

     

     

    हाल मानव सेवा आश्रम सामाखुसीमा बृद्धअबश्थाका बा आमा गरि १५ जना रहेका छन् ।

    टाेखा नगरउपप्रमुख ज्ञानमाया डंगोलले आमाको जन्मदिनको अवसर पारेर आयोजिक कार्यक्रममा वृद्धवृद्धाहरूका लागि खाद्यान्न सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताउनुभयो ।

    ‘कोही नभएका र केही नभएका आमा–बुवा बस्ने स्थानमा आएर जन्मदिन मनाउन पाउँदा धेरै खुशी छु’ नगरउपप्रमुख ज्ञानमाया डंगोलले भने, ‘आश्रमका लागि आगामी दिनहरुमा पनि नियमित सहयोग गर्दै जाने वचन दिन्छु ।’ उपप्रमुख ज्ञानमाया डंगोलले आफू टाेखा नगर उपप्रमुख भै जनसेवाबाट गरेको आम्दानीको केही प्रतिशत अंश नियमित सामाजिक सेवामा प्रयोग गर्दै आएका छन् । विभिन्न स्थानमा असहाय , अपांग , अनाथ ,जेष्ठ नागरिक , एकलमहिलाका शिक्षा स्वास्थ्य र धार्मिक क्षेत्रमा उनले महत्वपूर्ण सहयोग पुर्याएका छन् ।

     

     

    आश्रमका  सुमन बर्तौलाले आमाको स्वास्थ्य लाभको कामना सहित जन्मदिनको अवसर पारेर गरेको यो सहयोग आश्रमका लागि महत्वपूर्ण रहेको बताए । ‘यस्ता मनकारीको समाजका लागि खाँचो छ’  बर्तौलाले भने, ‘आगामी दिनहरुमा पनि नियमित सहयोग र समन्वयको अपेक्षा गरेका छौं ।’ उनले सहयोगी दाताहरुबाटै आश्रम सञ्चालन भइरहेको बताए।

    मानव सेवा आश्रम सामाखुसीमा खाद्यान्न प्रदान गरेपछि बनेपाको काभ्रेपलाञ्चाेक धुलिखेलमा मानव कल्याण समाज ( सेवा घर)मा खाद्यान्न सहयोग प्रदान गर्दै कोही नभएका र केही नभएका आमा–बुवाहरुलाई आमाको जन्मदिनमा सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि बृद्धअबश्थाका आमाबुबा लाई खाद्यान्न सहयोग प्रदान गरेको टाेखा नगरउपप्रमुख ज्ञानमाया डंगोलले बताउनुभयो।

     

    मानव कल्याण समाज ( सेवा घर)बनेपाको काभ्रेपलाञ्चाेक धुलिखेलमा मानव कल्याण समाजलाई  पनि दाल १ बोरा, चामल ५ बोरा , तेल १ बाकस , नुन २५ केजि र मस्यौदा ५ किलो सहयोग प्रदान गरेका हुन्। हाल बालबालिका र बृद्धअबश्थाका बा आमा सहित ३० जना रहेका छन् । मानव कल्याण समाज बिशुद्द सामाजिक संस्थाले बिशेष गरि विभिन्न कारणले सडक पेटि तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य
    भएका अशक्त , अनाथ, अपाङ्ग मनोरोगी र बेवारिसे ब्यक्तिहरुलाई उक्त स्थलहरुबाट उद्घार गरि गासबाँस कपास, स्वास्थ्य , शिक्षा र सुरक्षाको व्यवस्थापन गरिरहेका बताउदै  मानव कल्याण समाज बनेपाशाखाका सामाजिक अभियन्ता सबिना खत्रीले समाजलाई खाद्यान्न प्रदान गर्नुभएकोमा टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलको आमाको स्वास्थ्य लाभको कामना सहित जन्मदिनको शुभकामनाको साथै मानव कल्याण समाजलाई गरेको यो सहयोग प्रती आमालाई हार्दिक आभार व्यक्त गर्नु भयो।

    टाेखा नगरउपप्रमुख ज्ञानमाया डंगोलकी आमा ८१ वर्षीय चैतमाया डंगोलको बिगत २५ वर्षदेखि दीर्घकालीन डमको रोगबाट ग्रसित हुनुहुन्छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै