टाेखा लाइभ / बिजय डंगोल / जय न्यौपाने
काठमाण्डौ पुस २७
टोखा नगरपालिका ३ स्थित टाेखा भुतखेल भख्यको: देखी ग्राण्डी पुलसम्म टाेखा झुडाेल सडकको ढलनिकास सडक पेटी ब्लक ढलान स्तरोन्नती संगै आजबाट पिच निर्माण कार्यको थालनी भएको छ। टाेखा झुडाेल सडकको आज बागमती प्रदेश सभा सांसद माननीय दिपक निरौला, टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोल , टोखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ , ठेकेदार कृष्ण गौतम र इन्जिनियर राजिब श्रेष्ठ लगायतले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो।

टाेखा झुडाेल सडक स्तरोन्नतिका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणको इष्टिमेट लागत रु.६ करोड ७७ लाख ५ हजार ६ सय ४६ लागत श्रमदानको बजेटमा ठेकेदार कम्पनी सेवा ड्रागन जेभिले रु. ४ करोड ३८ लाख ८४ हजार २ सय ६४ को लागतमा ठेक्का मार्फत हाल झुडाेल सडकको धमाधम पिच निर्माण कार्य भैरहेको छ।
टाेखा भुतखेल भख्यको देखी ग्राण्डी पुलसम्मको सो सडक १.२ किमि लम्बाई र साढे ६ देखि ७ मिटर चौधाइ रहेको छ।

टाेखा झुडाेल स्तरोन्नतिका लागि बागमती प्रदेश सभा सांसद माननीय दिपक निरौलाको विशेष पहलमा काठमाडौं उपत्यका विकास प्राधिकरण मार्फत उक्त सडकको निर्माण भएको प्राधिकरणका इन्जिनियर राजिब श्रेष्ठले बताउनु भयो। टाेखा झुडाेल सडक निर्माणको यहि वर्ष २०७७ जेठ १९ गते बाट निर्माण थालनी गरेको सडकको सम्झौता भए अनुसार यहि वर्ष २०७७ चैत्र ३० गते सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि हाल तिब्र सडक निर्माण कार्यले समय अगावै सम्पन्न हुन लागेको इन्जिनियर राजिब श्रेष्ठले बताए ।

टाेखा झुडाेल सडक पिच निर्माण कार्य उद्घाटनमा बागमती प्रदेश सभा सांसद माननीय दिपक निरौला, टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोल , टोखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ , ठेकेदार कृष्ण गौतम , इन्जिनियर राजिब श्रेष्ठ , नेकपा केन्द्रिय सदस्य भोला रिजाल , टाेखा नगरप्रमुख प्रकाश अधिकारी , झुडाेल टाेल विकास संस्था का पदाधिकारीहरु र विकासप्रेमी स्थानीय बुद्धिजीवीहरु लगायतको उपस्थिति रहेकोे थियोे ।

टाेखा झुडाेल सडक नबन्दा सो क्षेत्रका स्थानीय बासिन्दाहरु वर्षेनि अनेकौं दु:खकष्ट खेप्दै हिलोबाटोमै बाध्यताबस आवतजावत गर्दै आइरहेकोमा हाल टाेखा झुडाेल सडक स्तरोन्नतिसंगै लाभान्वित बनेका छन् ।

