• TOKHA LIVE

    • २२ पुष २०७७, बुधबार १२:२५

    टोखामा अशक्त जेष्ठ नागरिक तथा एकल महिलालाई घर- घरमा सम्मान:-

     

    टाेखा लाइभ / नविना श्रेष्ठ
    पौष २२,२०७७

    टोखामा जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई घर- घरमा सम्मान गरिएको छ।
    टोखा नगरपालिका वडा नं २ ले गरिएको सम्मान कार्यक्रमका वडा सम्म उपस्थित हुन नसकेका जेष्ठ नागरिकहरुलाई घर घर सम्म गएर सम्मान गरिएको हो।

     

    टाेखा नगरपालिका -२ का वडाध्यक्ष दिपकराज जोशी लगायत वडा सदस्य हरु आफै अशक्त जेष्ठ नागरिक हरूलाई सम्मान गर्न घरदैलोमा पुगेका हुन् । अशक्त जेष्ठ नागरिक हरूलाई घर सम्म पुगेर सम्मान गर्दा उहाँहरुको आत्मबल बढ्ने र आशीर्वाद लिन पाउने साथमा अशक्त जेष्ठ नागरिक हरूलाई प्रेरणा मिल्ने भएकोले जनप्रतिनिधिहरु आफै घर- घर पुगेको कार्यक्रमका संयोजक वडा सदस्य पञ्च कुमारी श्रेष्ठले बताउनुभयो।

     

     

    निवार्चितमा चुनिसके पछि टोखामा पहिलो २ बर्ष सम्म जेष्ठ नागरिक हरूलाई घर दैलो कार्यक्रम गरिएको र जेष्ठ नागरिक हरूलाई सधै सम्मान गर्ने टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छिन्। भने कोभिड-१९ कोरोना भाइरसको कारणले गर्दा जेष्ठ नागरिक हरूलाई त्यति भेटघाट गर्न नसकेको र घर – घरमा भेट्न जान जोखिम भएकोले यस्ता कार्यक्रम गर्न नसकेको दुःख व्यक्त गर्नुभयो।

    टोखा नगरपालिकामा बाट जेष्ठ नागरिक हरूलाई होलबडी स्थास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ। अहिले टोखा चण्डेश्वरी आइसोलेशन वाड प्रदेश अस्पताल भएकोले यस्ता कार्यक्रम गर्न नसकेको जानकरी दिइएका छन्। प्रत्येक वडा वाट जेष्ठ नागरिकका लागि आश्रम, र विश्रम पार्क स्थान चुनिदिएमा टोखा नगरपालिकाबाट यस्ता कार्यक्रम गर्न योजना रहेको उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छिन्।

    गत वर्षहरुमा जेष्ठ नागरिकहरुलाई व्याकेट, ज्याकेट सामाग्री दिएर सम्मान गएको थियो। भने यो बर्ष कोभिड-१९को कारण र बढ्दो चिसोलाई मध्ये नजर राखी जेष्ठ नागरिकहरुलाई इलेक्ट्रोनिक मग र थर्मस दिँदा धेरै सहज हुने भएकाले वडामा उपस्थित हुन नसकेका जेष्ठ नागरिक हरूलाई घर सम्म गई सम्मान सामाग्री उहाँहरुको हातमा दिइएको वडा २ का अध्यक्ष जोशीले बताए।

     

     

    विगतलाई फर्केर हेर्दा तुख्य नामले मात्र सीमित भएको ठाँउलाई आज टोखा नामले परिचय दिन र आफु वडा २ का सदस्य भनि आजको समयमा गर्वका साथ परिचय दिन पाएको नै यिनै जेष्ठ नागरिकहरुकै ठूलो योगदान रहेको वडा २ का सदस्य हेराकाजी डंगोलले बताए। उहाँहरुको याेगदान, त्याग ज्ञानलाई कदर गरी आफू पनि स्थानीय विकासको निम्ती दिनरात नभनी लागिरहेको र भोलिको दिनमा पनि लागिरहने प्रतिबद्धता जनाउनु भयो।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै